चैत्र ३०, पोखरा ।।
२१ औं फेवा नव वर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार(आज) लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् ।
यस्तै स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट शुरु भएको उक्त दौडमा प्रतियोगितामा खेलाडीहरुले १ हजार ८ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए ।
यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान हासिल गर्दा अष्ट्रेलियाकी स्टेफनी तृतीय भइन् ।
यसै महोत्सव अन्तर्गत रन फर फन दौडमा विभिन्न देशका तीन दर्जन खेलाडीले भाग लिएका थिए । सो प्रतियोगितामा विजेता खेलाडीहरुलाई हाइ ग्राउण्ड एड्भेञ्चर, सिइङ हेण्ड ब्लाइण्ड मसाज क्लिनिक, ब्यञ्जन रेष्टुरेण्ट, अन्नपूर्ण केवलकार र फेवा थकाली भान्छा रेष्टुरेण्टका तर्फबाट पुरस्कार प्रायोजन गरिएको थियो ।
टुवोर्ग वियरका तर्फबाट निशुल्क टिसर्ट उपलब्ध गराइएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ । गोर्खा ब्रुअरी प्रा.लि.को मुख्य प्रायोजकमा आयोजना भएको यस फेवा महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।













