आउँदाे बजेट अधिवेशनलाई प्रभावकारी ढङ्गले अघि बढाइने : सभामुख अर्याल
  • प्रमुख खबर

बैशाख ०४, काठमाडौं ।।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताए ।

आज सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताउनुभयो । संसदमा कुनै पनि विधेयकको ड्राफ्ट गर्दा सबै सरोकारवालासँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने उहाँले प्रतिबद्धता जनाए  ।

सभामुख अर्यालले संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना रहेको पनि उल्लेख गरे । कानून निर्माणको कामलाई छिटो–छरितो ढङ्गले सम्पादन हुने गरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको उहाँकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्