देशभर मिश्रित मौसम: कतै वर्षा, कतै गर्मी र हावाहुरीको चेतावनी
  • प्रमुख खबर

जेठ १२,काठमाडौँ।।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानहरूमा तथा मधेस प्रदेशसहित अन्य प्रदेशका केही भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ भने मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

आज राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्