आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा आजदेखि औपचारिक छलफल हुँदै
  • प्रमुख खबर

Oplus_131072

जेठ १८, काठमाडौं ।।
संघीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार(आज)देखि आगामी आर्थिक वर्षको बजेटमाथि औपचारिक छलफल सुरु हुँदैछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज दिउँसो १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेका अनुसार अर्थ मन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ ।

सरकारले केही दिनअघि सार्वजनिक गरेको बजेट अहिले राजनीतिक तथा आर्थिक वृत्तमा चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्