सुनको मूल्य घट्यो : तोलाको २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार 
  • प्रमुख खबर

जेठ २८, पोखरा ।।

आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामै ५ हजार १००  रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्