सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएको भन्दै सभामुख अर्याल परे विपक्षी दलको घेराबन्दीमा
  • प्रमुख खबर

Oplus_131072

अषाढ ३, काठमाडौं ।।
सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि विपक्षी दलहरूले प्रश्न उठाएका छन्। विषेशगरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा नेपाल – भारत सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको उनी माथि प्रश्न उठाएका हुन्।

प्रधानमन्त्री शाहले गएको जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिएका थिए ।

यही विषयलाई लिएर बुधबार(आज) पनि विपक्षी दलका सांसदहरुले सभामुखलाई दबाब दिएका छन्। सभामुख अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिएका थिए । साम्पाङले आफूलाई दिएको समयमा सीमा विवादबारे प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्ने दोहोर्‍याए ।

यो विषयमा सभामुख अर्यालले रुलिङ गर्नुपर्ने उनको माग छ । यसै विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि सभामुखको रुलिङको माग गरे ।

यस्तै नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले समेत सभामुखले अर्यालले हालसम्म पनि उनले रास्वपासँगको नाभी काट्न नसकेको बताए ।

उनले सभामुखले सदनको गरिमा बढाउन पनि
प्रधानमन्त्रीको विवादित अभिव्यक्ति उपर रुलिङ गर्नुपर्ने माग गरे ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्