अषाढ १२, काठमाडौं ।।
आजको बस्ने भनिएको प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । बैठक भोलि शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
हालसम्म प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भइसकेको छ । आजको बैठक विशेष कारणले स्थगित भएको सचिवालयले जनाएको छ।










