असारको रिमझिममा गुञ्जियो ‘समता’ — १०८औँ साङ्गीतिक शृङ्खला सम्पन्न
  • प्रमुख खबर

अषाढ १४,पोखरा।।

विश्व संगीत दिवसको सन्दर्भ पारेर आयोजित असार विशेष समता साङ्गीतिक कार्यक्रमको १०८औँ अंक पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।

अग्रज र अनुज पुस्ताबीच अनुभव आदान–प्रदान गर्ने तथा नवप्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले पोखरेलि युवा सांस्कृतिक परिवार ले सञ्चालन गर्दै आएको नियमित शृङ्खलालाई यसपटक असार महिनाको भावना र विश्व संगीत दिवससँग जोडेर विशेष बनाइएको हो।

शनिबार बिहान ८ बजे विन्ध्यवासिनी मन्दिर को प्रेक्षालयमा आयोजित कार्यक्रममा असार र वर्षायामसँग सम्बन्धित एकल तथा सामूहिक गरी डेढ दर्जनभन्दा बढी गीत/सङ्गीत प्रस्तुत गरिए।

 

कार्यक्रममा सङ्गीत प्रशिक्षण केन्द्र-बिन्ध्यवासिनी, जोजिजु म्युजिक सेन्तर-रानिपौवा, कर्णप्रीय सङ्गीतालय-चिप्लेढुंगा, त्रीवेणि सङ्गीतालय-सृजनाचोक, शास्त्रीय संगीत समाज-गण्डकि प्रदेश लगायतका संस्थागत प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए।

त्यसैगरी रिता तिमिल्सिना, प्रबिन बिक, शर्मिला लामगादे, शृष्टि रामदाम, तपस्या शाही, इभान रन्जित, ओभिया गुरुङ, शिवानी तामाङ, सबिन गौतम, अर्जुन गुरुङ, पूर्णिमा रसाइली, अमर बिक, कमला बिसी, खुशी सुनार, कृष्टिना राई, लेखराज राई, तिलक राना, प्रकृति श्रेष्ठ, ममता गुरुङ, समिर पुन, जय चापागाईं, राजन बराल, पिङ्गला अधिकारी, लक्ष्मी गिरी, एम.डि काफ्ले लगायत कलाकारहरूको सुमधुर प्रस्तुतिले कार्यक्रमलाई अझै जीवन्त बनायो।

वाद्यवादनतर्फ देविन्द्र ढकाल, मिलन गिरी, अभिषेक भुसाल, करण तामाङ लगायत कलाकारहरूको साथले प्रस्तुति थप आकर्षक बनेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवि कोइराला ले असारलाई सिर्जनाको महिना भन्दै नेपाली जनजीवनमा माटो, सृजना र आपसी सद्भावको महत्वबारे चर्चा गरिन्। साथै उनले आफ्ना चर्चित असारे भाकाहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्।

अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा संस्थाकी सहसचिव साहित्यकार हसिना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सङ्गीत संयोजक मिलन गिरीले दिएका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव एम.डि काफ्लेले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्