मौसम :आज पनि केही ठाउँमा ठूलो पानी पर्ने
  • प्रमुख खबर

साउन ०९, पोखरा ।।

गएराति देशका सबैजसो ठाउँमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज पनि देशभर पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशको तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्