हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइँदै
  • प्रमुख खबर

Oplus_131072

साउन २५, काठमाडौं ।।
हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइने भएको छ । पाकिस्तानको विश्वप्रसिद्ध ब्रोड पिक आरोहणका क्रममा निधन भएका उनीहरूको शव भोलि मंगलबार नेपाल ल्याइने भएको हो ।

उक्त हिमपहिरोमा ज्यान गुमाएका किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव भोलि कतार एयरवेजको उडानबाट दोहा हुँदै अपराह्न ४:४५ काठमाडौं ल्याउन लागेको सांसद मिङ्माडेभिडले जानकारी दिएका छन्।

उनीहरूको पार्थिव शरीरलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्