आज पनि सुनको मूल्यमा वृद्धि, तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँ कारोबार
  • प्रमुख खबर

भदौ २८, काठमाडौं ।।
सोमबार(आज) सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य वृद्धि भएसँगै
तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो आइतबार सुन तोलामा ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य घटेको छ । महासंघ अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । हिजो ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्