भोटेकोशी बाढीपछि चितवनमा संकलित पहिचान नखुलेका शव व्यवस्थापन गरिँदै
  • प्रमुख खबर

Oplus_131072

भदौ १३, चितवन ।।
भोटेकोशी खोलामा आएको भीषण बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेबारिसे शवको व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार(आज) सूचना जारी गर्दै बाढीपछि जिल्लामा संकलन भएका बेबारिसे शवको व्यवस्थापन गरिने जनाएको हो ।

हालसम्म चितवनमा संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।

ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ। यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने छ । त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा आजैदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्