मौसम : देशका केही ठाउँमा मुसलधारे वर्षा
  • प्रमुख खबर

भाद्र २४, पोखरा ।।

कास्कीको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा गए राति देखि भएको छ ।

कोशी, गण्डकी बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२  घण्टामा सबैभन्दा धेरै कास्कीको याङजाकोटमा ६७.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईको झापा, मोरङ, बारा र कन्चनपुरमा पनि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई  तथा बागमती र गण्डकी प्रदेशको  एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने ठाउँमा खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्