पोखराको न्यूरोडमा स्कुटर दुर्घटना, २८ वर्षीय युवकको मृत्यु
  • प्रमुख खबर

कार्तिक ११,पोखरा।।

पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सभागृह चोकस्थित न्यूरोडमा ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरमा सवार पोखरा लेकसाइडका २८ वर्षीय आशिष कुँवर गम्भीर घाइते भएका थिए ।घाइते कुँवरको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्