लैङ्गिक हिंसाविरुद्ध ‘उज्यालो पाइला’ सचेतना कार्यक्रम आयोजना, सहभागिताको लागि सम्पूर्णलाई अनुरोध
  • सन्तोष पराजुली

मङ्सिर ९,पोखरा।।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं. २ मा ‘उज्यालो पाइला’ नामक सचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ।

वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति, वडा नं. २ को आयोजनामा बुधबार (आज) साँझ टर्च लाइट तथा नेवारी धिमे बाजासहित सचेतनामूलक कार्यक्रम गर्न लागिएको हो।कार्यक्रम साँझ ४ः३० बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ। बिन्दवासिनी चोकबाट सुरु हुने सचेतनामूलक र्‍याली बिन्दवासिनी बसपार्क क्षेत्रसम्म पुग्नेछ।

लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले जानकारी दिएका छन्।उनले कार्यक्रममा स्थानीयवासी, संघसंस्था तथा सरोकारवाला सबैलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्