मिसन ग्रासरुट अभियानले पार्टीलाई अर्को उचाईमा पुर्याउछ : अधिकारी
  • प्रमुख खबर

पोखरा, फाागुन १३ ।।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ग्रासरुट अभियानले नेकपा (एमाले) को । पार्टी सुदृढीकरण अभियान अन्तरगत मिसन ग्रासरुटका लागि नेकपा (एमाले) पर्वत जिल्लामा कमिटीद्वारा आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै उनले अस्थिरता अन्त्यका लागि नेकपा ( एमाले) बलियो शक्ति बनेर आगामी निर्वाचनबाट स्थापीत हुनुपर्ने बताए ।

‘पछिल्लो निर्वाचनमा हामीले पपुलर मत पायौं तर पहिलो दल बन्न सकेनौ, ५ सय भन्दा कम मतले करिब २० भन्दा बढी सिट गुमाउन पुग्यौं अब त्यो अवस्था आउन दिन हुँदैन’,उनले भने । संगठन विभाग प्रमुख समेत रहेका अधिकारीले पार्टी भित्र अराजकता र अनुशासनहिनताको कुनै स्थान नहुने भन्दै कार्यकर्ता देखि नेतासम्म पार्टीको नीति र नियम भित्र रहेर साङ्गठनिक गतिविधिलाई अगाडी बढाउनुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता सुन्दास, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्