लक्जम्बर्गका बब हलर रस्लोभाकियाकी माग्ररिटा विकानोभाले जिते एसियन ट्राइयाथलन कपको उपाधि
  • प्रमुख खबर

पोखरा ।

एसियन ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाकी माग्ररिटा विकानोभाले जितेका छन् ।शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुषतर्फ लक्जम्बरका बब हलरले ७.५ कि.मि पौडी ९ मिनेट ६ सेकेन्ड, २० कि.मि साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र ५ कि.मि दौड १७ मिनेट १३ सेकेन्ड गरि कुल निर्धारित दुरी ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पहिलो स्थान हासिल गरेको छ । यस्तै उज्वेकिस्तानका एलेक्सान्द्र कुरीशोभले २ सेकेन्डले पछि पर्दै दोश्रो भएका छन् ।

उनले पौडी ८ मिनेट ५८ सेकेन्ड, साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै कुल ५५ मिनेट ५७ सेकेन्डमा पूरा गरेका हुन् ।

लक्जम्बर्गका स्टेफन जाचाउसले पौडी ९ मिनेट ३ सेकेन्ड, साक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १८ सेकेन्ड गरि कुल ५६ मिनेट १ सेकेन्डमा पूरा गर्दै तेस्रो भएका छन् । जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट ९ सेकेन्डमा पूरा गर्दै सान्त्वना स्थान हासिल गरेका छन् ।

यस्तै महिलातर्फको एसियाकपको उपाधि स्लोभाकियाकी माग्ररिटा विकानोभाले १ घन्टा ४ मिनेट ५१ सेकेण्डमा दुरी पार गरी जित्दा जापानकी मिनेरी इकिनोले १ घन्टा ५ मिनेट १८ सेकेण्डमा दुरी पार गरी उपविजेता बन्न सफल भएन भने तेश्रो स्थान जापानकै चिसालो नाकाजिमाले १ घन्टा ५ मिनेट ३० सेकेण्डमा दुरी पार हुन सफल भएकी छन् ।

साउथ एसिया कप च्याम्पियनसिप इलाइट पुरुष तर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले पौडी ११।०१ , साइक्लिङ ३२।५८ र दौड १८।४८ गरि कुल १ घण्टा ४ मिनेट १६ सेकेन्डमा दुरि पुरा गरेका छन् ।

त्यस्तै भारतकै विश्वनाथ यादवले पौडी ११।२३, साइक्लिङ ३३।२३ र दौड २०।०२ गरि कुल १ घण्टा ६ मिनेटमा २५ सेकेन्डमा पूरा गर्दै दोस्रो भए नेपालका वसन्त थारुले पौडी १३।१८, साइक्लिङ ३१।४८ र दौड १९।५५ गरि कुल १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गर्दै तेस्रो भएका छन् ।

साउथ एसिया कप च्याम्पियनसिप इलाइट महिलातर्फ प्रज्ञा मोहन प्रथम, भारतकी मान्सी मोहित दोश्रो र नेपालकी श्रेवी महर्जन तेश्रो भएकी छन् ।

नेपाल तर्फको राष्ट्रिय ट्राइयाथलन इलाइट पुरुष तर्फ वसन्त थारु प्रथम भएका छन् । थारुले पौडी १३।१८, साइक्लिङ ३१।४८ र दौड १९।५५ गरि कुल १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गरेका हुन् ।दिपेश चौधरीले पौडी ११।३१, साइक्लिङ ३४।५२ र दौड २०।५९ गरि कुल १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दुरि पूरा गर्दै दोस्रो भएका छन् ।

मौलिक महर्जनले पौडी १२।०३, साइक्लिङ ३५।१४ र दौड २२।०३ गरि कुल १ घण्टा ११ मिनेट ३ सेकेन्डमा पूरा गर्दै तेस्रो भएका छन् ।
यता महिलातर्फको राष्ट्रिय प्रतिष्पर्धामा श्रेवी महर्जन प्रथम भइन भने केशरी थापा मगर दोश्रो भएकी छन् ।साउथ एसिया पुरुष जुनियरतर्फ भारतको वर्चश्व रह्यो । पहिलो, दोश्रो र तेश्रो स्थान सबै पदकमा भारतले कव्जा गर्न सफल भए ।

भारतका खुन्द्राक्पाम पहिलो, पर्थ मिराज दोश्रो र श्रिदथ सुधिर तेश्रो भएका छन । यता जुनियर महिलातर्फ भारतकी सन्जना सुनिल जोशी पहिलो भइन भने नेपालकी श्रेवी महर्जन दोश्रो र भारतकी देविका शर्मा तेश्रो हुन सफल भएकी छन् ।प्रतियोगितामा १९ राष्ट्रका पुरुष ४७ र महिल १९ गरी ६५ खेलाडीहरुको सहभागिता सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्