नेपाल एसिसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपाल एसिसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको वर्षाका कारण साउदी अरेबियासँगको खेल रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो ।

खेल रद्द भएसँगै नेपाल तीन खेलमा पाँच अंकसहित समूह “ए” को शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेल आउँदो बैशाख १४ गते कीर्तिपुर स्थित त्रिवि मैदानमा कतारसँग खेल्ने भएको छ । नेपालले कतारसँगको यो खेल जितेमा समूह विजेता बन्नेछ ।

एसीसी प्रिमियर कपको समूह ुएु मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्