पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ। रक्तदान कार्यक्रम उपसमितिका संयोजक दुर्गा के.सी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १ सय ५ युनिट रगत संकलन भएको छ । विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्र.अ खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । आचार्यले पोखरामा देखिएको रगतको अभावलाई सहजीकरण गर्न अरू संघ संस्थाले पनि यस्ता कार्यक्रम गर्नु पर्नेमा आग्रह गर्नु भयो । रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थित रहेको थियो ।
सोही कार्यक्रममा हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा , प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विन्ध्यवासिनी भु.पु विद्यार्थी मंचका अध्यक्ष हरि वरुवाल, लगाएतले पोखरामा मा रगतको अभाब हुन नदिन सबैले आ-आफ्नो ठाउँबाट रक्तदान कार्यक्रममा सक्रिय रहनु पर्ने बताउनु भयो । कार्यक्रम रक्तदान कार्यक्रम उपसमितिका सदस्य भिम बहादुर गायकले संचालन गरेका थिए ।
तस्बिर -अग्निधर तिमिल्सिना