“हाम्राे पाेखरा राम्राे पाेखरा” बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन याेजना बनाउनुपर्छ:कृष्ण के.सी.
  • प्रमुख खबर

वि.सं २०३६ सालकाे विद्यार्थी आन्दाेलनबाट सकृय राजनीतिमा लागेका नेपाली कांग्रेस कास्कीका पुर्व सभापति समेत रहेका कृष्ण के.सी आसन्न स्थानिय तहकाे निर्वाचनमा पाेखरा महानगरपालिकाकाे मेयरकाे लागि आकांक्षी छन् । यसै सन्दर्भमा उनकाे राजनीतिक यात्रा, हाम्राे पाेखरा राम्राे पाेखरा बनाउने मिसन र स्थानिय तहकाे निर्वाचन केन्द्रित रहेर पत्रकार  सन्तोष पराजुलीले प्रमुख खवर डट कमका लागि कृष्ण केसी सँग गरेकाे कुराकानीकाे अंश ।

✍️तपाईकाे राजनीतिक पृष्ठभुमीबारे जानकारी दिनुहाेस न ।

म नेपाली कांग्रेसको एउटा इमान्दार कार्यकर्ता हुँ । वि.स.२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेर त्यसपश्चात निरन्तर आजका मितिसम्म पनि  प्रजातन्त्रको एउटा इमान्दार, निष्ठावान, नागरिक र पार्टीको एउटा इमान्दार कार्यकर्ता भएको नाताले म अहिलेसम्म यसै क्षेत्रमा लाग्दै आईरहेको छु । र, मैले विगतदेखि त अहिलेसम्म मेरो जिवनमा राजनीतिक र सामाजिक काम नै मैले राजनीतिकसँग जोडेर गरेको छु । अन्य कार्यहरु मैले गरेको छैन् । विभिन्न विकास निर्माणका सामाजिक कामहरुमा हामी जुन गाउँ, ठाउँमा रह्यौं त्यहाँको शिक्षाको क्षेत्रमा, खानीपानीको क्षेत्रमा, विद्यालय बनाउने कुरा, बाटो निर्माण कार्यहरु जस्ता आदि कामहरुमा त्यहाँका जनतासँग सहभागी हुँदै कहिले जनताका आव्हानमा सहभागी भएर काम गरे आफैले नेतृत्व गर्ने गरेर आउँदै गरेको हुनाले मैले आफुलाई यसरी चिनाउनु भन्दा पनि नेपाली कांग्रेसको एउटा इमान्दार कार्यकर्ता र पोखरेली जनताको एउटा सामाजिक कार्यकर्ताको रुपमा नै म आफुलाई चिनाउन चाहान्छु ।

किनकी मेराे ०३६ सालबाट राजनीतिक यात्रा शुरु भएको र आजसम्म निरन्तर रुपमा राजनीतिथमा लाग्ने क्रममा पञ्चायत कालको समयमा पनि पञ्चायतले मेरो विरुद्धमा दुईटा राज्यक मुद्धा र दुईटा सार्वजनिक मुद्धा गरेर चार मुद्धा भएको र २०४६ आन्दोलनमा म तीन महिना जेल पनि परे र चैत्र २६ गते तत्कालिन राजा विरेन्द्रले पञ्चायती व्यवस्थाको विघटन र बहुदलीय व्यवस्थाको घोषण गरिसकेपछि हामी जेलबाट छुट्न सफल भयौं र जेलबाट छुटिसकेपछि हामीहरुको मुद्धा पनि स्वभाविक रुपले ती मुद्धाहरु खारेजीमा परे र त्यस पछि म पार्टीको काममा निरन्तर लागे । म कस्तो भन्दा म एकैपटक राजनीतिक रुपले जम्प गरेर जिल्लाको सभापति भईन्जेलसम्म मैले कहि जम्प गरिन, मैले २०५९ सालमा म तत्कालिन कालिका गा.वि.स. भनेर भन्थ्यौं कालिका गा.वि.स. को नेपाली कांग्रेसको इकाईको सभापति भए त्यसको २/३ वर्ष पछाडी म इलाकाको पार्टी सभापति संयोजक भन्ने हुन्छ त्यो बेला इलाकाको संयोजक भए त्यसपछि दुई कार्यकाल म नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापति भएर काम गरे जुन द्धन्द्धको समय भएको र द्धन्द्ध कालको समयमा हामीले क्षेत्रीय सभापति भएरै मैले काम गरे र पछि एक कार्यकाल म जिल्लाको सचिव भए अनि जिल्लाको सचिव भईसकेपछि मैले १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए र अहिले १४ औं महाधिवेशनमा आउँदा एक कार्यकाल भन्दा मैले दोस्रो कार्यकालको सभापति म हुने छैन भनेर कार्यकर्ताका विचमा मेरो प्रतिबद्धता व्यक्त गरेको थिए र त्यही अनुरुप मत मागेको थिए ।

सायद लाग्छ मलाई मैले अहिले सभापतिको दावा गरिरहेको भएर उठेको भए परिणाम मेरै पक्षमा आउनसक्थ्यो,आउथ्यो । तर पनि म आफुले अवसर एउटै व्यक्तिले लिइरहनुपर्छ भन्दा पनि हाम्रो पार्टीमा धेरै अग्रज नेताहरु हुनुहुन्छ र मसंगै लाग्नुभएका मेरा सहपाठी साथीहरु पनि थुप्रै भएको अनि म भन्दा पछाडीका तहका पनि अहिले नेतृत्वमा आउन लालायित र चाहेको हुनाले मैले सभापतिबाट छाडिसके । मलाई पार्टीभित्र अरु थोकको डिमाण्ड भन्दा पनि म पार्टीको सभापति भएर म पुर्न सभापतिमा उठ्दिन भनेर भन्दा पार्टीकै विभिन्न कालिकाको मात्र होइन कास्की जिल्ला सबै इकाईका साथीहरुको ठूलै संख्या , ठूलै नेता कार्यकर्ताहरुका चाहान अनि एकखालको दवाब पनि मलाई पुन सभापति हुनुपर्छ भन्ने कुराकै सल्लाहा थियो म आफुले पुन सभापति हुन्न भनेको हुनाले पनि रिपिट हुन चाहिन । पछि आईसकेपछि मैले गण्डकी प्रदेशको महामन्त्रीमा उठ्ने तयारी गरे । मलाई लाग्छ त्यो तयारीमा महामन्त्रीको लागि पनि मेरो राम्रै एउटा वातावरण बनिरहेको थियो । पछि परिस्थितिले एकखालको कास्कीबाटै सभापति, प्रदेश सभापति पनि उठ्ने कुराकानी आईसकेपछि हामीले छलफल गरिरहँदा जुन नेताहरु साथीहरुको बीचमा गएर सभापति पनि यही महामन्त्री पनि यही हुदाँ भोलि गएर दुईटै हार्ने अथवा सभापति हार्ने वा महामन्त्री जित्ने यस्तो खालको स्थिति आउनुभन्दा बरु महामन्त्री चुनाव नलड्ने भन्ने पनि कुरा आईसकेपछि मलाई लाग्यो मिलेरै जानुपर्छ सबैले मिलेर गर्ने हो । अनि फेरी म महामन्त्री भएपनि म प्रदेशको, जिल्लाको सभापति भएपनि मैले कुनै न कुनै पब्लिक चुनाव लड्ने खालको मेरो मनस्थित हो । अनि मेरो पब्लिक चुनाव लड्ने खालको क्यारेक्टर पनि भएको नाताले गर्दा मेरो जनसम्पर्क हिजैदेखि सामाजिक विकास निमार्णका काम गरेको, म राजनितिक रुपले मात्रै, सैद्धान्तिक रुपले मात्रै हैन म सामाजिक काममा पनि इन्भब्ल हुने कम्तीमा पनि आफ्नो ठाउँ–टोल, छिमेका सामाजिक विकास निर्माणका कुरामा पनि चासो राख्ने, जानकार राख्ने अनि कही न कही जोडिहाल्ने बानी भएको हुनाले मैले एउटा पब्लिक चुनाव लड्न जानैपर्छ भनेपछाडी ठिकै छ चुनाव लड्न जान्छु अर्को कुनै साथी आएर सभापति हुनुहुन्छ कोही साथी पार्टीको महामन्त्री भएर संगठनको काम गर्नुहुन्छ, सबैलाई अवसर पनि हुन्छ ठाउँ पनि हुन्छ मिलेर गर्ने हो भनेको हुनाले मैले जिल्लाको सभापतिबाट पनि म व्याक भए र महामन्त्रीबाट पनि र अहिले म पार्टीको १४ औं महाधिवेशन महासमिति सदस्यको रुपमा मात्र रहेको छु ।

त्यसैले धेरै कुरा मसंग जोडिएर रहेको हुदाँ म के हु भन्दा म एउटा इमान्दार पार्टी नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता हु र सबैले अर्को शब्दले चिन्दा म एउटा सामाजिक कार्य गर्ने सामाजिक कार्यकर्ता हुँ ।

✍️बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तपाई मेयरकाे आकांक्षी हुनुकाे कारण के छ?

मेरो मनमा अहिले निर्वाचन केन्द्रित हुदाँ पनि निर्वाचन भन्दा अलग रहँदा पनि मेरो मनमा आईरहने दुईटा कुरा हुन् । एउटा कुरा हामीले आफ्नो पार्टीको लागि राजनीतिक गर्याै, प्रजातन्त्रको लागि राजनीतिक गर्याै अनि प्रजातन्त्र व्यवस्थाको लागि राजनीति गरिरहँदा हामी हाम्रो पार्टी बलियो बनाउने, हाम्रो पार्टीलाई चुनाव जित्ने राजनीति गर्याै, हाम्रा नेताका लागि, आफ्ना साथीभाइका लागि, आफन्तका लागि राजनीति गर्याै, मेरो लागि राजनीति गर्याै र अहिले जुन २०७९ मा हुन गईरहेको निर्वाचन छ म मेरो पार्टीको पनि सबै नेता, कार्यकर्ता, शुभचिन्तकहरु साथीहरु, अन्य राजनीतिक पार्टीहरु र सिंगो पोखरेली, पोखराबासी, पोखरा महानगरपालिका भित्रका सबै मतदाता र यहाँका नगरबासीहरुलाई के अनुरोध गर्छु भने यो अहिलेको निर्वाचन पोखरा बनाउने निर्वाचन बनाउने र यो निर्वाचनले हामीले पोखरा बनाउनुपर्छ । हामीले धेरै समय लस्ट गरिसकेका छौं ।

यदि हामीले २०७९ हुने निर्वाचबाट पोखरा बनाउने सोच, योजनाका साथ हामी आएनौ र त्यस खालका पोखराको निर्वाचित नेतृत्व त्यस खालको आएन भने मैले भन्ने गरेको छु लेखेर राख्नुहोला हामीले सोचे जस्तो र यो प्रकृतिले दिएको पोखरालाई हामीले सोचे जस्तो बनाउन सक्दैनौं । त्यो भएर यो पोखरा बनाउने निर्वाचन यो हुनुपर्छ र पोखरा बनाउने नेतृत्व अहिले यो पोखराले पाउँनुपर्छ र यो पाईरहँदा मैले अघि भने एउटा कुरा पोखरा बनाउनुपर्छ, पोखरा बनेन अहिलेसम्म हामीले जस्तो पोखरा बनाउनु,हामीले चाहेजस्तो त्यस कुरामा मलाई चिन्ता लाग्छ । फेरी यो के भयो भन्दा यो पोखरा जुन संरचनाहरु र विकास भएको छ यो २०४६ साल पछाडी नै भएको हो ।

✍️तपाईले भनेअनुसार पोखरा नबन्नुमा कसको दोष देख्नुहुन्छ ?

०४६ सालभन्दा पछाडी पोखराको जुन विकास र निर्माण भएको छ यो सबै ०४६ सालपछि नै भएको हो मैले अघि भनिहाले हैन । पोखरा हिजो ०४६ साल भन्दा अगाडी पछाडी २०४९ सालमा हाम्रो नेपाली कांग्रेसले स्थानीय चुनाव जित्यौं, २०५४ सालमा एमालेले जित्यो, २०५९ सालमा यसको तत्कालिन समय अवधि सकिएपछि १८/२० वर्ष हामीले प्रशासन कर्मचारीबाट हामीले पोखरा चलायौैं र हामीले निर्वाचित प्रकृया र नेतृत्व पोखराले पाएन र २०७४ सालबाट आजका मितिसम्म आउँदा पुन फेरी एमालेले चुनाव जित्यो । त्यही भएर पोखराको अहिले जुन खालको विकास नहुनु र पोखरेलीले विकास भएन भनेर जुन प्रश्न पोखरेली जनताले गर्छन त्यसको पहिलो जिम्मेवार भनको नेपाली कांग्रेस र नेकपा एमाले नै हो । किनभन्दा हामी जुन अवसर पायौं त्यो अवसर पाईरहँदा पनि हामीले पोखराका योजनाहरु, यसका विकास पूर्वधारका योजनाहरु, यसका आर्थिक उन्नतिका कुराहरु, रोजगारीका कुराहरु, शिक्षा, स्वास्थ्यका, खानेपानीका, विद्युतका जुन यावत विकास निर्माणका कुराहरु छन् यसको दिर्घकालिन योजनाहरु बनाएर नजानाले हामीले पोखरा सोचे जस्तो हुन सकेन । त्यसैले यसको पहिलो जिम्मेवार भनेकै एमाले र कांग्रेस नै हो । यसमा हामीले पाँच वर्ष चालायौं शुरुको, त्यो पाँच वर्ष हामीले चलाईरहँदा त्यसको कति जिम्मेवार हो त्यो हामीले स्वीकार गर्नुपर्छ र १० वर्ष आफ्नो प्रतिनिधिनै निर्वाचित गरिसकेको हुनाले एमालेले त्यो १० वर्षको पिरियडमा हैन त्यो सबैभन्दा हामीले भन्दा पनि बढी अझ जिम्मेवार चाँही को भन्दा नेकपा एमाले हो । अझ फेरी के हो भन्दा हामी हिजोको ०५४ सालको निर्वाचनसम्म जादाँ हामी हिजो एउटा इकाईको रुपमा यसको विकास ग¥यौं तर जब अहिले पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र संघियतामा गईसकेपछाडि अहिले नेपाली जनता र हामी तीन सरकारका नागरिक हौं ।

एउटा केन्द्रिय सरकार हो, एउटा प्रदेश सरकार हो र अर्को स्थानीय सरकार हो । यो महानगरपालिकाको ईकाइ होइन, केन्द्रको मात्र ईकाइ होइन, होला हामीलाई गाईड गर्ने कुरा, हामीलाई निर्देशन गर्ने कुरा, कन्ट्रोल गर्ने कुरा सबै कुरा नेपालको मुल संविधानभित्र रहेर चल्छ होला । तर हामी त्यो संविधानभित्र स्थानीय स्वयत्त शासन एैन अन्र्तगत हामी जब संघीयतामा गएपछि पोखरा महानगरपालिका, स्थानीय सरकारको एउटा अंग भईसकेपछि यसले निश्चित मुल संबिधानभित्र नबाधिने गरेर यसले आफ्नो नियम, एैन, कानुनभित्र रहेर यसको पोखराको विकासको लागि यसले धेरै कुरा गर्न सक्छ ।

त्यही भएर यो बेला पनि पाएको अवसर एमालेले गुमाउनु भनेको एमालेको लागि त राजनीतिक रुपले गुम्यो एउटा पाँच वर्ष फेरी चुनाव जिताैला, संगठन हामीले बनाएम जनताले भोट हाले जिताैला भन्ने होला तर यो पाँच वर्ष गुम्नु भनेको नेपाली पोखरेली जनताको लागि लगभग २०/२५ वर्ष पोखरा पछाडी जाने हो । त्यसो हुनाले मेरो भनाई के हो भन्दा त्यसको जिम्मेवार हामी हौं, हामी जिम्मेवार भएको हुनाले यो पोखरा अब हामीले बनाउन सुरु गर्नुपर्छ ।

फेरी थोरै जोडे, यदि यो पाँच वर्षभित्र योजनाबद्ध ढंगले सक्छौ सय वर्षको नभए पचाँस वर्षको अथवा २५ वर्षका योजनाहरु बनाएर पोखरा हामीले बनाउन शुरु गरेनौं भने लेखेर राख्नुहोला आजको मिति टिप्नुस्, समय घडी टिप्नुस् पोखरा हामी पोखरेली जनताले चाहे जस्तो पोखरा अब हामी बनाउन सक्दैनौं ।

त्यसैले यो निर्वाचन पोखरा बनाउने निर्वाचन हुनुपर्छ, त्यो बनाउने निर्वाचनको लागि योजना बनाउने पार्टी चाहिन्छ, त्यो योजना भएको पार्टी र नेतृत्व आउँनुपर्छ र त्यो योजना भएको पार्टीसहितको नेतृत्व आउँदा उसंग दुईटा कुरा हुनुपर्छ । एउटा काम गर्ने इच्छा शक्ति हुनुपर्छ, दाेस्रो उसंग इमान्दारिता र जनताप्रति उत्तरदायित्व हुनुपर्छ ।

✍️हामीले जति पनि नेताहरुले भाषण गरेको देख्छौ र सुन्छौ म यसरी आफ्नो ठाउँ र देशको विकास गर्छु भन्ने भिजन र एजेण्डाहरु प्रस्तुत गर्नुभन्दा पनि बढी मात्रामा एकले अर्कालाई होच्याउने, कटाक्ष गर्ने र गिराउने काम भईरहेको पाउँछाै । नेताहरुमा काम भन्दा भाषण ठुला हुन्छन् हैन ?

यहीे त हो हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको नै । हामीले हाम्रो देशको, यहाँको परिस्थितिलाई हेरेर हामीले के गरेर जानसक्छौ भन्नु भन्दा पनि यहाँ काम गरेर, जस्तै मान्नुस् हिजो एमालेले चुनाव जित्यो हैन हामी प्रतिपक्षमा बस्यौं, जस्तै पोखराकै स्थानीय तहको कुरा गर्ने हो भने महानगरपालिकामा एमालेले दुई तिहाइ मेजोरिटिमा महानगरपालिका जित्नुभयो, हामी प्रतिपक्ष थियौं । हामीले उहाँलाई बधाई दिने क्रममा एमालेको मेयर साब लगायतका पुरै टिमलाई दिने कुराको सवालमा भन्यौं तपाईले राम्रो कामको सुरुवात गर्नुस् । यसमा सुशासनको व्यवस्थापन गर्नुस्, विकास निमार्णका कुराहरु गर्नुस् र पोखरालाई एउटा दिर्घकालिन योजना सहित लिएर आउनुस् हामी तपाईलाई कहि कुनै कुरामा असहज बनाउने, अप्ठ्यारो बनाउने, विरोध गर्ने काम हामी गर्दैनौं बरु रचनात्मक सहयोग हामी गछौं भन्यौं । ल तपाईले देख्नुहुन्छ पोखरामा कांग्रेसले किन पोखरामा मेयरहरुको अथवा एमाले नेतृत्वलाई किन विरोध गरेन भने मान्छेहरुले हामीले राजनीतिक रुपले हामीले एउटा मुल्यमान्यता भित्र बसेर हामीले आवश्यक कुराहरुमा विरोध पनि ग¥यौं । गएर भेट्यौं, डेलिकेशन ग¥यौं, उहाँहरुका कमजोरी र गर्नुपर्ने कामका बारेमा जानकारी पनि गरा¥यौं र अनावश्यक कुरामा विरोध समेत ग¥यौं ।

अब म के भन्छु भने कसैलाई गाली गरेर होइन, कसैलाई राजनीतिक रुपले आफ्नो आरोप–प्रत्यारोप र लाल्छना लगाएर होइन यदि एमालेले हिजो राम्रो काम गरेको भए अहिले म मेयरकै टिकट पाएर चुनाव लड्न गए भने मलाई के रहर थियो भन्दा हिजो एमालेले चुनाव जितेर जाने मेयर साबले राम्रो काम गर्नुभयो, एमालेको पोखरा चाहि नगरको टिमले राम्रो काम ग¥यो अब बाँकी रहेका राम्रा काम म गर्छु मलाई भोट दिनुस् भनेर जान पाएको भए सायद मेरो राजनीतिकको र मेरो पनि कुनै सार्थकता हुन्थ्याे । तर म दुर्भाग्य कहाँनेर देखि राखेको छु भने उहाँले खराब गरेको हुनाले, उहाँले राम्रो कामको शुरुवात नगरेको हुनाले, जुन काम राम्रो भएन, जुन काम खराब गर्नुभयो ती कुरा उठाई रहँदा त्यसलाई सामाजिक रुपले हेरिनुपर्छ, राजनीतिक पूर्वाहग्रहमा हेरिनु हुन्न । हामी एमालेलाई राजनीतिक, सैद्धान्तिक रुपले कुनै विरोध गर्दैनौं तर सामाजिक विकास निर्माणका काममा जे कामहरु जसरी अगाडी लिएर जानुपथ्यो त्यो बिचमा नगएका कुराहरु जुन छ त्यो कुरालाई हामी उठाउछौं ।

त्यसैले पोखरा बनाउने कुराको हकमा म तपाईलाई के अनुरोध गरौं भने पोखरा अहिले हामीले जुन खालको चाहिँ एउटा ठूलो मेगा सिटिको रुपमा बनाएम यति ठूलो पोखरा बनाएम र यति ठूलो पोखरा यत्तिकै बनाएको होइन हामीले हचुवाको भरमा जे गरेपनि हुन्छ भनेर पोखरालाई यति ठूलो बनाएको होइन । पोखराको २०६८ सालको जनसंख्या अर्थात जनगणना अनुसार पोखरामा ४ लाख ९२ हजार टोटल पपुलेशन हो त्यो बेलाको । ४ लाख जनसंख्या पोखरा महानगरपालिका भित्र छ ९० प्रतिशत जनसंख्या पोखरा महानगरपालिका भित्र छ । भुगोलको हिसाबले हेर्नुहुन्छ भने ८० प्रतिशत भन्दा बढी भुगोल पोखरा महानगरपालिकामा पर्छ । यत्ति ठूलो हामीले किन बनायौं भन्दा हामीले एउटा अन्तराष्ट्रिय महानगरपालिकाको रुपमा अन्तराष्ट्रिय सिटीको रुपमा विकास गर्ने मेगा प्राेजेक्टहरु लिएर आउने यस्ता धेरै ठूला सपनाहरु देखेर लिएर यो बनाईयो तर आज के दुरभाग्या भयो भन्दा नगरपालिकाका नेतृत्वले त्यस अनुरुपको काम नगरेको हुनाले यो बनाउनु गल्ती रहेछ कि भन्ने आज जनतालाई पनि परेको र हामीलाई पनि परेको छ ।

त्यहि भएर पोखरालाई बनाउने महानगरपालिका बनाउने हो भने म के भन्छु भन्दा नगरपालिकालाई दुई भागमा विभाजन गर्नुपर्छ । किनभन्दा एउटा यो सिटि छ र अर्को ग्रामीण क्षेत्र छ । त्यसो भएर यसलाई सुगम र दुर्गम रुपमा यसका योजनाहरु छनोट गर्दा यसलाई दुई भागमा विभाजन गर्नुपर्छ ।

✍️तपाईले आफ्नो भिजन भन्दै हुनुहुन्छ हैन ?

म भन्दै छु यसलाई दुई भागमा विभाजन गरेर सिटि भित्रको विकास निर्माण र ग्रामीण क्षेत्रको विकास निर्माणका योजनाहरु लिदाँ र यसलाई बनाउँदा खेरी एकै किसिमका योजनाहरुले बनाउन सकिदैन । त्यसैले यसलाई दुई भागमा विभाजन गरेर लैजानुपर्छ । यस्ता योजना बनाउँदा तीन कुरामा केन्द्रित रहनुपर्छ । एक नम्बरमा यसको भौतिक पूर्वधारमा ध्यान दिनुपर्छ । यसका भौतिक पूर्वाधारमा ध्यान दिँदा यसलाई तत्कालिन, मध्यकालिन र दिर्घकालिन यी तीन तहका योजनाहरु बनाउनुपर्छ । तत्कालिन अवस्थामा कुन–कुन कुराहरु आवश्यक छन्, जसले जनतालाई दैनिक रुपमा हामीले सेवा दिनुपर्ने कुराहरु दैनिक रुपमा  विकास निर्माणका कुराहरु, कुन–कुन तत्कालिन रुपमा गरिहाल्नुपर्ने एउटा ती योजना बनाउनुपर्छ ।

अर्को मध्यकालिन योजना भनेको १० वर्ष, १२ वर्ष अथवा ५ वर्षदेखि १० वर्ष भित्रका बनाएर लिएर जानुपर्छ । दिर्घकालिन योजना भित्र पोखरालाई कम्तीमा पनि सकिन्छ सय वर्षको नभए पचाँस वर्षका ठूला योजनाहरु लिएर एउटा ठूलो, राम्रो सिटिको कल्पना गरेर तीन किसिमबाट योजनाहरु भौतिक पूर्वाधार भित्र लानुपर्छ ।

र दाेस्रो योजना अर्को सेवा दिने कुरामा कहाँनेर जानुपर्छ भन्दा महानगरपालिकाले दैनिक जनतालाई डेलिभरी गर्ने सर्भिस जुन हुन्छ त्यो भित्र सुशासनको कुरा हैन महानगरपालिका भित्र हुने भ्रष्टचारका कुरा, आर्थिक अनियमितता, ढिला सुस्तीका कुरा, जनताले एउटा सेवा लिनु छ जादाँ आज भोलि, भोलि पर्सि भन्दै–भन्दै जनताले दुःख पाएका कुराहरु र जनताले जुन खालको सहज ढंगले र सरल ढंगले छिटो–छरिद्रो रुपमा सेवा पाउनुपर्थ्येा त्यो नपाएको कुरालाई सुशासनको क्षेत्रभित्रको एउटा योजना ।

अनि तेस्रो योजना भनेको मैले अघि पनि भने यो नगरपालिका ईकाइ होइन । यो सरकार हो, यो सरकार भएको हुनाले अब महानगरपालिका आफ्नो लगानीहरु गर्दा यसले उत्पादनका क्षेत्रहरु छुट्याउनुपर्छ र उत्पादनलाई बढावा दिने खाले लिएर गएर अब महानगरले के गर्नुपर्छ भन्दा यो भित्र रोजगारीका कुराहरु पनि आउने गर्छन । पढेका विद्यार्थीहरु, युवाहरु त आज हामीले केन्द्रले जागिर खोलिदिएला, केन्द्रले मात्र जागिर दिन्छ, अरबमा मात्रै पोखरेलीहरु जान्छन् भन्ने होइन अब हामीले उत्पादनको क्षेत्रबाट यसको आर्थिक वृद्धिलाई बढाउदै अब हामीले कम्तीमा पनि हामी यति वर्ष भित्रै, यति समय भित्र हामी यति मानिसलाई रोजगारी दिन्छौं भन्ने खाले उत्पादनको क्षेर र यो तीनवटा क्षेत्रभित्र रहेर हामीले यस्ता योजनाहरु बनाउनुपर्छ ।

जस्तै : उत्पादनका क्षेत्र लिदाँ कुन–कुन क्षेत्रलाई समेटेर जाने भन्दा पर्यटन, पोखराको सबैभन्दा बढी सम्भावना बोकेको पर्यटन क्षेत्र हो । अनि कृषिको क्षेत्र हो, अनि यसका केही पुराना ऐतिहासिक ठाउँहरु छन् , ऐतिहासिक दरबार र मठमन्दिरहरु छन्, यसलाई ताल–तलैया सबैलाई यो भित्र लिएर आएर हामीले योजना बनाएर जादाँ हामीले पोखराको मैले भने यो तीन वटा क्षेत्रभित्र हामीले योजना बनाएर जानुपर्छ ।

त्यो योजना बनाएर लिएर जाने कुरामा जादाँ मैले अघिनै भने पोखरालाई अहिले जुनखालको संरचनाभित्र हामीले पोखरा रहिरहेको छ यो भित्र अहिले सबैभन्दा एकदम जतिसकेको छिटो गर्नुपर्ने, व्यवस्थापनभित्र ल्याएर काम गर्नुपर्ने दुईटा कुरा छन् ।

अहिले पोखराको सबैभन्दा ठूलो अस्तव्यस्तता भएको के हो भन्दा सुकुम्बासी बस्ती । अहिले पोखराका धेरै सार्वजनिक ठाउँमा सुकुम्बासीहरु लामो समय या भनौं ३० औं वर्षदेखि बसोबास गर्दै आईरहनुभएको छ । उहाँहरुले लालपुर्जा पाउनु सक्नुभएको छैन । न उहाँहरुले लालपुर्जा पाएर आफ्नो जिवन व्यवस्थीत बनाउन सक्नुभएको छ न सरकारले अव्यवस्थीत बस्ती र सुकुम्बासी बसेको ठाउँलाई सरकारले कुनै योजना र विकास निर्माणका काम गर्न सकेको छ । त्यसैले पोखराले पहिलो काम पोखरा महानगरपालिकाले सुकुम्बासीहरुको व्यवस्थापन गर्नुपर्छ । मैले भनेको छु, नेपाली कांग्रेसले चुनाव जित्यो भने हामी सके पहिलो नत्र दोस्रो/तेस्रो बैठक भित्र एउटा सुकुम्बासी समस्या समाधानको एउटा कार्य दल बनाउर्छौ, जसले छानबिन गरेर लिएर आईसकेपछि दुई वर्षभित्र चाहे नेपाली कांग्रेसको म आम या अर्को आओस् हामी दुई वर्ष भित्र पोखराभित्र बसेका सम्पूर्ण सुकु्म्बासीहरु र अव्यवस्थीत बसोबासको लालपुर्जा सहितको बसोबासको व्यवस्थापन गर्छौ र त्यसलाई हामी दिर्घकालिन रुपमा समस्याको समाधान गर्छौ । कोही पोखरेलीलाई, जो पोखरेली अहिले सुकुम्बासीका रुपमा बस्नुभएको छ, लालपुर्जा विहिन मेरो जिन्दगी भन्ने पनि हामी हुन दिनेछैनौं । त्यसपछाडी सुकुम्बासीका नाममा कुनै सार्वजनिक र कसैका जग्गा अतिक्रमण गरेर बस्ने कुराको हामी अन्त्य गर्नेछौं ।

दोस्रो कुरा भनेको पार्किङ व्यवस्थापन हो । पोखरा अहिले यति अस्तव्यस्त भएर गईसकेको छ कि यदि हामीले पोखराको ट्राफिक व्यवस्थापनलाई समयमा ध्यान दिएनौं भने तपाई लेखेर राख्नुहोला १५ वर्ष पछाडि वा १० देखि १५/२० वर्ष पछाडि पोखराका महेन्द्रपुल, चिप्लेढुङगा, पृथ्वीचोक वरिपरि जुन अहिले हाम्रो मेन सिटि छ नी ती वरिपरि भएका बजारभित्रका सटरका दोकानहरु त्यो चल्नेवाला छैन । त्यो बन्द गर्दे हुन्छ किनभन्दा अब मान्छेहरु कस्तो लक्जरी खालको भयोभन्दा आफ्नो साधनहरु प्रयोग गरेर जाने, आफु जहाँ सपिङ गर्न जाने हो त्यसको साइडमा पार्किङ गर्ने अनि त्यसभित्र सपिङ गर्ने तर अहिले के छ भन्दा महेन्द्रपुलमा सपिङ गर्न प्राईभेट साधन चढेर गएको मान्छेले उस्तै पर्यो भने पार्किङ गर्ने ठाउँ नपाएर अन्यत्र गाडी पार्क गरेर सार्वजनिक यातायातका साधन चढेर जानुपर्ने अवस्थाको सिजृना भईसकेको छ । यो अवस्थाले पोखराको सौन्र्दयता र पर्यटकीयले हिसाबले हामी जुन किसिमले विकास गर्ने भनेका छौ त्यो हुदैन । अर्को कुरा पोखराको बजार व्यवस्थापन पनि हुनसक्दैन । यो दुईटा कुरा तत्काल शुरुवात गरेर जानुपर्छ । यदि यी दुई कुरा व्यवस्थापन गर्न सकेनौं भने पोखरा अझ अस्तव्यस्त बनेर जान्छ ।

उदाहरणका लागि दीर्घकालिन योजनामा पोखरालाई मैले देखेको भोलि के खाले होला त्यसमा रेल चलाउला अथवा चाहि इलेक्ट्रीक गरौंला तर यस ठाउँलाई अहिले भईरहेको भन्दापनि अलि फरक ढंगबाट जस्तै एक्सट्रा तीवटा सडकहरुबाट एरिया जोड्नुपर्छ भन्ने मेरो मान्यता हो । जस्तै पोखराको २३ नम्वर भनेको यही फेवाताल हुदै पामेको सिरान, पामेबाट फेवाताल हुदै बेगनासतालसम्मको एउटा ट्राक र एउटा सानो रेल होला अथवा इलेक्ट्रिक बस चलाउनेहोला, त्यसलाई व्यवस्थीत खालको रुट बनाउनुपर्छ हामीले । दोस्रो रुट हामीले कोत्रेबाट बगर हुदै २५ नम्बरको ल्यादेको फेदीसम्म नगरको अन्तिम पोइन्ट जुन हो त्यहाँसम्म एउटा व्यवस्थापन अनि अर्को व्यवस्थापन भनेको यता २२ नम्बर वडाको जुन १७/२२ नम्बरको को छोरेपाटनको एरिया लास्ट पोइन्टबाट बगर, लामाचौर हुदै १९ नम्बरको पुरचौरको लास्ट पोइन्टसम्म त्यही अनुरुपको रुटहरु बनाएर व्यवस्थीत गरेर लिएर जाने एउटा कुरा भईहाल्यो ।

✍️तपाई अहिले मेयरको आकांक्षी मात्र हुनुहुन्छ,अनि एजेण्डाहरु पनि तयार गर्नुभएकाे छ कि?

मैले जति पनि योजनाहरु भने तीनै योजनाहरुलाई र्फम्याट र क्यालेण्डरमा लिएर जाने हो । दोस्रो योजना भनेको पोखरालाई अब इलेक्ट्रीक सिटिको रुपमा डेभलव गर्नुपर्छ । यहाँ चल्ने यातायातका साधनहरु, चाहे जनताले घर–घरमा प्रयोग गर्ने ग्यास ती कुराहरुलाई हटाउनुपर्छ किनभने नेपालमा क्रमिक रुपले विद्युतको उत्पादनको क्षमता बढ्दै गएको छ, त्यसको अन्तराष्ट्रिय बिक्रि गर्ने बजारको व्यवस्थापन सहज रुपले नपाउन पनि सकिन्छ । त्यही भएर पोखरालाई विशेष गरेर इलेक्ट्रीक सिटिको रुपमा विकास गरेर लिएर जाने कुरामा र यसलाई तार रहितको सहर बनाउने कुरामा हामीले पहिले नै ५ वर्षभित्र यो कार्य गर्छौ भनेर म भन्दिन तर यसलाई २ वर्षबाट शुरु वा ३ वर्षबाट शुरु गर्ने त्योबेलाको परिस्थिति हेरेर यसलाई तार रहितको अनि इलेक्ट्रीक सिटि बनाउने रुपमा हामी काम पक्कै गर्छाै । किनकी अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने अहिले परिस्थिती अलि जटिल छ त्यही भएर हामीले अब यहाँ चल्ने सवारीसाधनलाई विस्तारै विस्थापित गरेर इलेक्ट्रिक भेइकलहरुलाई महत्व दिनुपर्छ । त्यस्तै यस क्षेत्रलाई अब प्रशासनिक ईकाइको रुपमा लानुहुदैन । पोखराको विकास गर्ने हो भने पर्यटन र व्यापारकै लागि विकास गर्ने हो । त्यही भएर नै पोखराबाट दुईवटा फास्ट ट्रयाक खोल्नुपर्छ । त्यसको लागि समय लाग्ला तर अब आउने नेतृत्वले त्यसको कामको शुरुवात गर्नुपर्छ ।

✍️फास्ट ट्रयाक त भन्नुभयो तर कहाँबाट कहाँसम्म?

एउटा पोखरा टु काठ्माण्डौंको र अर्को पोखरा टु लुम्विनी । यो दुइटा फास्ट ट्रायक हामीले बनायौैं भने पोखराको पर्यटकीय विकासमा ठूलो फड्को मार्न सक्छौ । यसलाई व्यवसायिक र व्यापारीक केन्द्र हवको रुपमा अगाडी लिएर जान सक्छौं । त्यस्तै पोखरालाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि विकास गर्नुपर्छ ।

अर्को कुरा कुनैपनि अन्र्तराष्ट्रिय सिटीहरुलाई हेर्ने हो भने ती सिटीभित्र चारवटा कुराहरु हुदैन । के–के हुदैन भन्दा औद्योगिक क्षेत्र, एयरपोर्ट, ठूलो बसपार्क र लेनफिट साइड हुदैन । हाम्रो यहाँ के छ भन्दा एयरपोर्ट पोखरा भ्यालीभन्दा बाहिर लानसक्ने अवस्था छैन तर जस्तै औद्योगिक क्षेत्रको कुरा गर्ने हो भने यसको विकल्प पोखरा भन्दा बाहिर हामी खोज्न सक्छौ र अहिले भईरहेको औद्योगिक क्षेत्र भन्दा ठूलो रुपमा विकास गर्न जरुरी छ । त्यहाँ अन्तराष्ट्रिय स्तरका हजारौं मानिसहरुले रोजगार पाउने उद्योगहरु स्थापना गर्ने वातावरण हामीले सृजना गर्न जरुरी छ ।

पोखरामा भएको औद्योगिक क्षेत्रले यहाँ मैले के देख्छु भन्दा यस औद्योगिक क्षेत्रले केही असर गरको छैन भन्ने देखि रहेका छौं हामी अधिकाम्स पोखरेली जनताहरुले तर त्यही वरिपरि बसोबास गर्ने मानिसहरुलाई त्यो वातावरणले फैलाएको पोलुसनले विहान धोएर सुकाएको कपडा साझँ उठाउन जादाँ त्यस क्षेत्रबाट निस्कने धुलोले त्यो सुकाएको कपडा मैला भएर बसेको हुन्छ । त्यही भएर वैकल्पिक औद्योगिक क्षेत्रको खोजी गर्नुपर्छ । यस्तै बसपार्क पनि व्यवस्थित खाले चाहिन्छ तर भ्याली भन्दा बाहिर । जस्तै काठ्माण्डौंको गोगंबु बसपार्क छ नि त्यसले काठ्माण्डौंलाई डिस्ट्रब गरको छ । त्यही भएर पोखरामा बसपार्क बनाउँदा सिटि भन्दा थोरै बाहिर बनाउनुपर्छ ।

✍️अहिले भइरहेको बसर्पाक पनि अतिक्रमणको कारण सकिसक्यो, ठाउँ छ त व्यवस्थित बसपार्क बनाउन ?

तपाईले ठिकै भन्नुभयो बसपार्क नै छैन भन्दा पनि हुन्छ । यसको व्यवस्थापनको लागि पोखराको भित्र अब बसपार्क बनाउनु हुदैन मैले अघि पनि भने । अलिकति बाहिर बसपार्क लिएर जानैपर्छ । अर्को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको लेनफिल्ड साइड । त्यो लेनफिल्ड साइडलाई पोखराको नगरभित्र भन्दा पोखरा भ्याली भन्दा १०–२० किलोमिटर बाहिर जग्गा खोजेर भएपनि लानुपर्छ । त्यस्तै पोखराको निश्चित एरिया मात्रै सिटि बनाउने होइन पोखरामा भइरहेको सिटि भन्दा बाहिर बैकल्पीक सिटिको कल्पना गर्नुपर्छ । जस्तो कि ठूला डिपार्टमेन्टल स्टाेर्स खोल्ने जस्तै लेखनाथमा हुनसक्छ, पामेमा होला, हेमजामा हुनसक्छ । यस्ता ठूला डिपार्टमेन्टल स्र्टोस्हरु बनाउन जरुरी पनि छ जहाँ धेरै कुराको व्यवस्थापन त्यही एउटै ठाउँमा गएपछि हुन सकोस् । त्यसको लागि उद्योगपति, व्यापारीहरुसंग पब्लिक पाटिसिपेसनमा नगरपालिकाले योजना बनाइ दियो भने त्यसले तपाई हामीलाईनै राम्रो हुने हो ।
अब कुरा गरौं अहिले जनताले महानगरबाट सेवा लिने क्रममा धेरै समस्याहरु भोग्नुपरको छ । कहिलेकाही सेवा लिन जाने क्रममा के देखिन्छ भन्दा एउटा घर बनाउनुप¥यो र त्यसको नक्सा लिन नगरपालिका गयौं भने आज आउनुस्, भोलि आउनुस् भन्दै दुःख दिन्छ । त्यही भएर अब महानगरपालिकाले सेवा दिने कुरा सरल र शुलभ बनाईदिनुपर्छ ता कि जनताले सजिलै रुपमा सेवा लिन सकुन् ।

✍️अहिले प्राय सर्वसाधारणले सरकारी सेवा–सुविधा एक त समयमा पाउँदैनौं अर्को पायो भनेपनि एकदमै झन्झटिलो प्रकृया हुने गर्छ, यसको कारण के हुनसक्छ र तपाई अबको निर्वाचनको मेयरको आकांक्षी भएको हिसाबले यसको समाधानको लागि केही साेच बनाउनुभएको छ  ?

हो प्राय सरकारी कार्यालयहरुमा जनताले धेरै झन्झटिलो परिस्थितिको सामना गर्नुपरेको छ, कुनै काम समयमा गर्नुप¥यो भने आर्थिक लेनदेनका कुराहरु आउने गर्छ, त्यसो हुनाले मैले अगाडी नै भनिसके नगरपालिका भनेको सरकार हो । सरकारको दायित्व भनेको जनतालाई सेवा दिने कुरामा होस् वा अन्य कुरामा त्यसलाई सरल बनाउने काम गर्नुपर्छ । जतिपनि निर्वाचित भएर गएका जनप्रतिनिधिहरु हुनुहुन्छ धेरै जसोले सही ढङगले प्रशासन चलाउन नसक्नाको कारणले र सही किसिममा विकास निर्माणका कामहरुलाई व्यवस्थापन गर्न नसकेकोले, आर्थिक पार्दशिता नभएका कारणले जनतामा वितृस्ना बढेको हो । त्यसैले जनतालाई व्यवस्था ठिक छ, नेता ठिक छ भन्ने खालको वातावरण सृजना गर्न अब आउने नेतृत्वले जनताको पक्षमा र पोखरा बनाउने काममा लाग्नपर्छ र म मेयरको आकांक्षी भईरहँदा अनि पार्टीबाट सहयोग मिलेको खण्डमा र अवश्य पनि मिल्ने छ त्यो भएमा म जनताको भावना अनुसार काम पक्कै गर्ने छु ।

✍️तपाईको मेयरको आकांक्षी भईरहदा पार्टीकाे सहयाेग कस्ताे छ?

अहिले कुरा के छ भन्दा पार्टीभित्र यसपटक उम्मेदवार कसलाई बनाउने भन्ने कुरामा छलफल चलिरहेको छ । तल्लो तहले माथिल्लो तहलाई उम्मेदवारीहरुको नाम सिफारिस गरेर पठाउने, उम्मेदवार छनोट गर्ने सवालमा बहस र छलफलहरु भई नै रहेका छन् । साथीहरु अहिले जो–जो देखा परेका छन् हामी स्वतस्र्पूत रुपले हामी आफु आकांक्षी हो । यो अब अहिलेसम्म हामीलाई अर्थात मलाई पनि अरु साथीहरुलाई पनि हाम्रो तहगत कसैले सिफारिस गरेको छैन । कसैले कृष्ण के.सी. भए हुन्छहोला भने होलान्, कसैले कोही भए हुन्छ होलान् । यी सबै कुरा हाम्रा र भन्नेहरुको चाहि व्यक्तिगत धारणाहरु मात्रै हुन् । हामी के भन्दा निर्वाचनको लागि उम्मेदवार हुनको लागि हामी आकांक्षी छौं र त्यो मध्यको एक आकांक्षी म पनि हो । अब गठबन्धको कुरा रहिसकेपछि, यो गठबन्धको बाध्यताभन्दा पनि आवश्यकता हो । यो देशको राष्ट्रिय राजनीतिमा यहीले पछिल्लो दिनहरुमा जुनखालका हिजो तपाईको करिब–करिब दुईतिहाइ प्राप्त गरेको एमालेले जसरी सरकार संचालन गर्नुपर्थ्याै र ५ वर्ष उनलाई सरकार चलाउने म्यान्डेट आम नेपाली जनताले एकदम कम्फटेबल मेजोरिटि दिएर पठाए, त्योभित्र उहाँका व्यक्तिगत इच्छाका कारणले, व्यक्तिगत रहर, चाहाना अनि गुट, उप–गुटका कारणले एमालेले सरकार चलाउन सकेन ।

अर्को कुरा पनि भन्छु म कांग्रेसले नचाहादा–नचाहादा पनि अस्वभाविक रुपले हाम्रो पार्टीले प्रदेश र केन्द्रको सरकारको नेतृत्व गर्न बाध्य भएको छ । यो बाध्यकारी अवस्थाभित्र अहिले हाम्रो गठबन्धन भनेको बाध्यता पनि हो र कांग्रेसको लागि यो नभइ नभएको पनि होइन, यो बाध्यतात्मक परिस्थितिले अहिलेको राष्ट्रिय राजनीतिकमा अहिलेको आवश्यकताको यसलाई स्थापित गर्दियो ।

✍️यो गठबन्धन जुन छ विगतमा पनि एमाले र माओवादीले गठबन्धन गरेर मिलेर जाने भनेर जुन हिसावमा चुनाव लडिसकेपछि जितेर सरकार संचालन ग¥र्यो झन यसले समस्या समाधान गर्नुको सट्टा विकासका कामहरुमा समस्या पैदा हुनपुग्यो र आरोप–प्रत्यारोपमा नै कति समय त वित्यो पनि, अब फरी तपाईहरु पनि गठबन्धनमा नै निर्वाचनमा जाँदै हुनुहुन्छ । यदि तपाईको पार्टी तपाईलाई पत्याएर मेयरको रुपमा खडा गरेर निर्वाचन जितिहाल्यो भनेपनि फेरी त्यही एमाले र माओवादीको जस्तो समस्या नहोला भन्न त सकिदैन नि हैन ?

त्यो भन्दा पनि त्यो एउटा नेतृत्वको दम्भ र अदुर्दशिता हो अनि अर्को कुरा के हो भन्दा नेतृत्वले आफ्लाई आफुभित्र भएका गुटका, व्यक्तिका इच्छा, आकांक्षालाई प्राथमिकता दिने । देश, जनता र विकास निर्माण, शान्ति, सम्बृद्धि भाषण मात्रै हो हामीले जे गरेपनि हुन्छ भन्ने मोनोपोलि जुन सोच बन्यो नि तत्कालिन नेकपा एमाले र त्यसको अध्यक्ष वा भनौ तत्कालिन सम्मानीय प्रधानमन्त्री खड्कप्रसाद ओली जी जे खालको देखा प¥यो र उहाँ जुन परिपक्ता र अभिभावत्व देखाउनुपथ्र्यो वास्तवमा त्यो देखाउन नसकेको मुख्य कारणले नै हो ।

✍️अन्तिममा तपाई के भन्नुहुन्छ सम्पूर्ण पोखरेलीलाई ?

म पून के भन्न चाहान्छु भन्दा सबै हाम्रा पोखरेली जनताहरुलाई निराशा नहुनुहोला, यो भन्दा अगाडी सालहरु जे–जस्तो भएतापनि सम्पूर्ण पोखरेली दाजुभाई दिदीबहिनी अनि सम्पूर्ण नेपाली जनताको २०७९ एकदमै सुख, शान्ति होस् । त्यस्तै होम्रो पोखरा पनि समृद्धको पोखरा बनोस् । त्यसको लागि हामी नयाँ नेतृत्व छनोट गर्दैछौ यो नयाँ वर्षमा र त्यो छनोट गर्ने क्रममा अहिलेको निर्वाचनलाई फगत निर्वाचन होइन पोखरा निर्वाचन बनाउने निर्वाचनको रुपमा सबै पोखरेली जनताहरुले बुझम र अहिले यसपटक मेरो भेग, मेरो जात, मेरो धर्म, मेरो पार्टी भन्दापनि थोरै अलिकति माथि उठने र सम्भावना, विश्वास गरिने खालको नेतृत्वलाई छनोट गर्ने कुरामा समग्र पोखरेलीहरु लाग्नुहुनेछ भन्ने शुभकामना, आशा विश्वासका साथ तपाईहरुलाई पनि धन्यवाद ।

तपाईको प्रतिक्रिया दिनुहोस्