प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेद्धारा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग
  • प्रमुख खबर

पोखरा ।

        नेकपा एमाले का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा पाण्डेले समय माग गरी बोल्दै अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसंगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताएका छन् ।

      उनले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री र्शमा माथि छानबिन हुनुपर्ने जनाएका छन् । उनले यस विषयमा सांसदहरुले समेत केही ठोस कदम चाल्नुपर्ने पनि बताएका छन् ।

       सांसद पाण्डेले नेकपा एमालेको तर्फबाट यो कुरालाई आफुहरुले गम्भीरतापूर्वक उठाएको पनि बैठकमा बताएका छन् । उनले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेर बहादुर देउवा जवाफदेहि हुनुपर्ने भन्दै सांसदहरुलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्