टिकटकमा कला देखाउने कि चर्तिकला?
  • प्रमुख खबर


कुनै  जमाना यस्तो थियो कि टेलिभिजनमा कुनै अनुहार  देखियो भनेपनि दर्शकले सेलिब्रिटी ठान्ने  गर्थे। चलचित्र  र टेलिफिल्ममा छोटो रोल पाउन पाए पनि मानिसहरू आफुलाई भाग्यमानी ठान्थे। त्यतिबेला आफ्नो कला देखाउन र कलाकार बन्नु भनेको फलामको चिउरा चपाउन जस्तै गाह्रो हुन्थ्यो ।पुराना यस्ता थुप्रै कलाकारहरुको जिबन कहानी सुन्न र पढ्न लायक छन्।उनीहरूले कलाकार बन्न गरेको संघर्ष सुन्दा जो कोहिको आखाँमा आँशु आउँछ ।छोटो भुमिका नै पाउनको लागि पनि राजधानीको गल्ली गल्लीमा भोकभोकै थोत्रो चप्पल पट्काउँदै हिडेको र निर्माता निर्देशकको बाटो दिनहुँजसो ढुकेर बसेको अनुभबहरू आजपनि हामीले सुन्दै र पढ्दै आएका छौ।यसको मतलब सेलिब्रिटी बन्नु जो कोहिलाई असम्भव जस्तै थियो।

तर अहिले समय र परिस्थिति  निकै बदलिएको छ।बिशेषगरि सामाजिक संजाल जस्तै टिकटक,युट्युब,फेसबुक आदिको बिकाससगै अहिले घरघरमा कलाकारहरू जन्मिएका छन् र देशको  कुनाकुनामा रहेका प्रतिभावान्  व्यक्तिहरूले आफ्नै ढङ्गले कला प्रस्तुत गरेर नाम-दाम दुबै कमाइरहेका छन्।कलाकार बन्न पहिले जसरी कसैको पाउ मोल्नुपर्ने अबस्था छैन अहिले।उल्टै निर्माता निर्देशकले कसैको प्रतिभा टिकटका हेरेर मन पराएर ति चर्चित टिकटकरहरूलाई आफ्नो म्युजिक भिडियो र चलचित्रमा लिन लालाईत छन् । यति मात्र होइन चलेका कलाकार र निर्माता निर्देशकले समेत आफ्नो गित र चलचित्रको पबलिसिटिको लागि टिकटकरलाई गुहार्न पर्ने दिनसम्म आएको छ।अहिलेका चर्चित कलाकारहरू प्रिज्मा प्रिन्सि,गरिमा शर्मा,उषा उप्रेती आदिलाई  टिकटकले नै जन्माएको हो भन्दा फरक नपर्ला।यदि टिकटक नभएको भए उनिहरु यो स्थानमा हुने थिएनन्।

अझ भनौ बिशेषगरी त अहिले चर्चित बन्ने र पैसा कमाउने माध्यम नै टिकटका बनेको छ।बच्चा देखि बुढासम्मलाई यसको नशाले समातेको छ। टिकटकबाट नै करोडौ कमाएका उदाहरण पनि  हामीले सुन्दै आएका छौ।अहिले त झन् नाम चलेका कलाकारहरू नै आफ्नो काम नै बिर्सिएर टिकटका रमाईरहेको छन् ।टिकटका लाईभ बसेपछि गिफ्ट मार्फत पैसा आउने भएपछि त झन् कस्लाई के चाहियो र!चर्चित कलाकारहरू नै छ्याप्छ्याप्ती टिकटका आउने थालेपछि कलाकारहरू नै निकै सस्तो भएको भान हुन्छ ।त्यसैगरी टिकटका  दुईचार लाख फलोवर्स हुदैमा आफुलाई सेलिब्रिटी ठान्नेको भिड  पनि उत्तिकै बढेको छ।टिकटकले साधारण ब्यक्ति र सेलिब्रिटी दुबैलाई एउटै खाल्टोमा हालिदिएको छ।

यतिसम्म त ठिकै थियो तर पछिल्लो क्रममा टिकटका यति सम्म विकृति फैलिएको छ कि मोबाइलमा टिकटका खोल्दा पनि साबधान हुनुपर्ने बेला आएको छ।परिवार संगै भएको बेला आफ्नै मोबाइलमा टिकटक हेर्न नै नसकिने अवस्था छ अहिले।टिकटका खोल्ने बित्तिकै छाडा शब्द बोल्ने,नग्नता देखाउने र उतेजना फैलाउने मानिसहरूको भिड देखिन्छ।अहिले टिकटक कला देखाउने भन्दा पनि चर्तिकला देखाउने माध्यम बलेकोछ।लाईक र फलोवर्स बढाउन हदैसम्म गिर्न थालेका छन् मान्छेहरु।जति छाडा भयो त्यति धेरै लाईक र फलोवर्स बढ्ने भएपछि उनिहरूलाई झन् के चाहियो र, लाज सजिलै पचाईदिन्छन्।उनिहरूलाई यो थाहा छैन् दर्शकले आफ्नो कला होइन चर्तिकला हेर्दैछन्।अश्लील गालीगलौज र नराम्रो कमेन्ट सजिलै पचाइदिन्छन् कि कमेन्ट अफ गरिदिन्छन्।कहि नभाको जात्रा हाँडीगाउँमा भनेजस्तै कहिँ देखाउन नसकेको चर्तिकला टिकटकमा देखाउँछन् मानौ कि टिकटका लाज पचाउने माध्यम हो।त्यही ब्यक्ति फेसबुक, युट्युब आदिमा गिर्न सक्दैन तर टिकटका सजिलै गिर्न पछि पर्दैन। देखाउने आफ्नो कला नभए पछि चर्तिकला नै देखाउनु पर्ने हो र?(भाग 1)

तपाईको प्रतिक्रिया दिनुहोस्