पोखरा ।
सरिता गुरुङ्ग
वल्र्ड भीगन अर्गनाइजेशन नेपालको आयोजना र नेपाल भेजिटेरियन सोसाइटीको सह–आयोजनामा प्रथम बृहत तथा विशुद्ध शाकाहारी अन्र्तराष्ट्रिय महोत्सव “हिमालयन भीगन महोत्सव २०७९” हुने भएको छ ।
भीगन जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यसहित साउथ एसियामा नै पहिलो पटक नेपालको क्रमशः लुम्बिनी, काठ्माण्डौं र पोखरामा यो महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सव लुम्बिनीमा भाद्र २८ र २९ गते, काठ्माण्डौंमा भाद्र ३० देखि आश्विन १ गतेसम्म र पोखरामा आश्विन २ देखि ४ गतेसम्म संचालन हुने आज महोत्सवबारे जानकारी दिने उद्देश्यसहित पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
आश्विन २ देखि ४ गतेसम्म पोखरामा हुने यस महोत्सव भने होटेल ग्राण्डमा संचालन हुने आयोजकले जनाएको छ ।हिमालय क्षेत्रमा विशुद्ध शाकाहारी जीवनशैलीको ज्ञान तथा सचेतना प्रचार–प्रसार गरी यसको फाईदाहरुको बारेमा सर्वसाधारणलाई ज्ञान दिन यस महोत्सवको आयोजना गरिएको हिमालयन भीगन महोत्सव २०७९ का कार्यकारी अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
साथै उनले विशुद्ध शाकाहार, अहिंसा, करुणमय जीवन अभ्यासी तथा जनावर संरक्षणकर्ताहरुबीच सम्बन्ध विस्तार गर्ने अवसर सृजना गर्ने उद्देश्यले पनि यस महोत्सवको आयोजना गरिएको बताएका छन् ।
महोत्सवका कार्यकारी अध्यक्ष न्यौपानेका अनुसार विश्वमा बढ्दो ग्लोबल वार्मिङलाई कम गराउन सहयोग गर्ने भीगनिज्मको विषयमा सम्पूर्णलाई जानकारी दिन पनि यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रेहेको बताएका छन् ।
हाल विश्वमा भीगन पर्यटनको सम्भावना दिनहुँ बढ्ने क्रममा रहेको उनले बताएका छन् । उनले आफुसंगै प्राणी जगतलाई बचाउनु पर्छ भन्ने धारणाका साथ संसारभर हाल ७९ मिलियन व्यक्तिहरुले भीगन जीवनशैली अपनाईरहेका र नेपालमा पनि यस प्रकारको जीवनशैली अप्नाउनेहरुको संख्या दिन प्रति दिन बढिरहेको जानकारी दिएका छन् ।
उनले भीगनिज्मको अवधारणालाई नेपालमा पनि अपनाउन सकियो भने नेपाल भीगन व्यक्तित्वहरुका लागि पर्यटनको प्रमुख गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।
त्यस्तै न्यौपानेले भीगन पर्यटन बढेसंगै यस क्षेत्रमा लगानी बढ्ने र नेपालमा उत्पादन भएका भीगन सामाग्रीहरुलाई निर्यात गर्न सकिने अवस्था समेत सृजना हुने देखिएको पनि जनाएका छन् ।
उनले यस महोत्सवबाट नेपालको फुड कल्चरको प्रवद्धनमा समेत विशेष सहयोग पुग्ने विश्वास आफुहरुले लिएको बताएका छन् ।
यस्तै नेपाल भेजिटेरियन सोसाइटी केन्द्रिय कार्यालय, पोखराका अध्यक्ष ऋषिराम सापकोटाले प्रतेक वर्षमा १० हजार मानिसहरुलाई भेगन बनाउने आफुहरुको लक्ष्य भएको बताएका छन् । उनले विश्वमा अहिले ग्लोबल वार्मिङको प्रमुख कारक भनेको नै मांसाहारी खाना खानु भएको बताएका छन् ।
पोखरामा ३ दिनसम्म चल्ने यस महोत्सवमा १ सयभन्दा बढी अन्र्तराष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुको ज्ञान, अनुभव, प्रवचन, प्रतिनिधि र सेलीब्रिटीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
७५ भन्दा बढी सूचनामूलक प्रर्दशनीहरु, शानदार भीगन खानाका बिक्री कक्षहरु, भीगन खाना र वस्तु बजार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सेफहरुद्धारा पाक शिक्षा प्रर्दशनी लगायतका अन्य थुपै्र गतिविधिहरु प्रमुख आकर्षणका रुपमा यस महोत्सवमा रहने भएका छन् ।