पोखरा ।
निर्वाचन आयोगले आश्विन १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न विभिन्न राजनितिक दलहरुलाई आग्रह गरेको छ । विशेषगरी आयोगले ६ वटा राष्ट्रिय दललाई तोकिएको मितिभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनेको हो ।
त्यस्तै अन्य दलहरुलाई भने १६ गतेसम्मको लागि समय दिइएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको स्रोतले जनाएको छ ।निर्वाचन आयोगमा दर्ता भएका दलहरुले आश्विन २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाएका थिए ।
मिश्रित निर्वाचन प्रणाली अनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालिमार्फत आउने व्यवस्था रहेको छ । यस अनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिने भएका छन् ।