काठ्माण्डौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान पर्व विजया दशमीका दिन उच्च पदस्थ व्यक्तिहरुका साथै सर्वसाधारणलाई समेत टिका लगाईदिने भएकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उक्त दिन राष्ट्रपतिले उच्च पदस्थ व्यक्तिहरुका साथै सर्वसाधारणलाई टिका लगाईदिने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
उनका अनुसार टिकाको दिन दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई टिका लगाईदिने कार्यक्रम भएको र अपरान्ह ३ बजेदेखि ५ बजेम्म सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले टिका लगाईदिने कार्यक्रम तय भएको जनाएको छ ।
सो दिन राष्ट्रपतिबाट टिका ग्रहण गर्न आउने व्यक्तिहरुले मर्यादित पोशाक लगाउनुपर्ने उनले बताएका छन् । त्यस्तै सर्वसाधरणलाई टिका ग्रहणको लागि राष्ट्रपति कार्यालयको प्रवेशद्धवार नं. १ बाट प्रवेशको लागि सो दिन खुल्ला गरिने भएको छ ।