आज काग तिहार पर्व मनाइँदै
  • प्रमुख खबर

पोखरा ।।
नेपालीहरूको दोस्रो महान पर्व तिहारको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हो।

सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार आज काग तिहार मनाइएको हो।

आइतबार कागको पूजा गरेर कागलाई मिठो खानेकुरा दिने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान कुकुर तिहार र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने हुन्छ। यसैगरी कात्तिक ८ गते गाई पूजा, कात्तिक ९ गते प्रतिपदाका दिन गोरुपूजा, गोवर्द्धन पूजा तथा मह पूजा र कात्तिक १० गते द्वितीयाका दिन भाइटीका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्