आज दिउँसो सूर्यग्रहण लाग्दै
  • प्रमुख खबर

पोखरा ।
कार्तिक कृष्ण औँसीका दिन आज सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिले जनाएको छ।

करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिनेछ। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ। खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने बताइएको छ सोसाइटीका अनुसार विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। यसैबीच, यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्