निर्वाचनः कास्की २ का स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्ग
  • प्रमुख खबर

पोखरा ।

महादेव गुरुङ्ग वि.सं.२०१९ मा कास्कीको पोखरामा जन्मनु भएको हो । साविकको भदौरे तामागी गा.वि.स. कुद्धिडाँडामा बाबु श्रीभक्त गुरुङ्ग र आमा गंगा गुरुङ्गका ६ सन्तान मध्येका कान्छो सन्तानका रुपमा जन्मनु भेएको हो । मध्यम वर्गीय परिवारमा जन्मे पनि पैसा नै सबैथोक हो भन्ने सोच गुरुङ्गमा कहिल्यै आएन । सेवा नै धर्म हो भन्ने संस्कार आफ्नो आमाबाट लिएको गुरुङ्गले बताउनुभयो । डेढ वर्षको हुँदा बुबाको देहावसान भयो ।

बाबुको मायाको आभास कहिल्यै गर्न नपाएपनि आमाले त्यो मायामा कमि हुन दिनुभएन । आमाले दुःख गरि शिक्षामा जोड दिनुभयो । बि.ए.सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका गुरुङ्गले राजनीतिलाई सधै सेवाको रुपमा लिनुभयो । गुरुङ्गलाई स्वच्छ छवि भएको नेताका रुपमा जनताले चिन्ने गर्छन ।
गुरुङ्गको राजनीतिक जीवनका घटनाक्रम
वि.सं.२०२५ सालमा विद्यार्थी जीवनबाट नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभयो । त्यति बेला आफैलाई शिक्षा दिने निलकण्ठ गुरुबाट प्रभावित भएको गुरुङ्गले बताउनुभयो । वि.सं.२०२७ मा बाराही मा.वि.मा छात्र संघको सभापतिमा निर्वाचित हुनुभयो । वि.सं.२०३६ मा विद्यार्थी आन्दोलनमा सक्रिय रहि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं. २०४६ मा पञ्चायतको विरुद्धमा संयुक्त जनआन्दोलन घोषणसँगै गुरुङ्गलाई प्रहरीले प्रकाउ गरि जेल चलान गर्यो । केही समय पोखरा कारागारमा राखी लम्जुङ कारागारमा सरुवा गर्यो । बहुदलिय व्यवस्था घोषण भए लगतै गुरुङ्गलाई प्रहरीले रिहाई गर्यो । वि.स.२०४८ मा प्रतिनिधि सभाका लागि क्षेत्र नं.३ बाट उम्मेदवारी दिनुभयो ।

मतदानको दिनमा मतदान गरि पोखरा फर्कदा सृजना चोकमा एमाले कार्यकर्ताबाट सांघातिक आक्रमण भयो । पोखरामा उपचार हुन नसकेपछि गिरिज प्रसाद कोइरालाले काठ्माण्डौं टिचिङ अस्पतालमाउपचारको व्यवस्था मिलानुभयो । गुरुङ्गको मतदान केन्द्रमा पुन मतदान भएको र परिणाम आफ्नो पक्षमा नभएको कुरा गुरुङ्गले अस्पतालको बेडमा सुत्नुभयो ।

वि.सं.२०४९ को स्थानीय निर्वाचनपछि गुरुङ्ग कास्की जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभयो । सभापतिमा रहँदा कास्कीमा अधिकांश ठाउँमा सडक बाटोको सुरु गर्नुभयो ।

त्यो बेला हङकङमा जन्मिएका मानिसले जन्म स्थान हङकङ राखी नागरिकता बनाए आइडी पाउने व्यवस्था थियो । तर सि.डि.यो.ले नागरिकता बनाउँदा भ्रष्टाचार गरेको बारेमा जनताले सभापतिको नाताले उहाँलाई गुनासो गरेपछि गुरुङ्गले गृहमन्त्रीलाई भ्रष्ट सि.डि.यो.लाई कार्वाहीको माग गर्नुभयो र यदि तपाईले कार्वाही नगरे म आफैले कार्वाही गर्छु भन्नुभयो ।

तर मन्त्रीले कुनै कार्वाही नगरेपछि गुरुङ्ग आफैले सि.डि.यो.लाई कार्वाही गर्नुभयो । त्यो समय उहाँलाई सि.डि.यो. पिट्ने सभापतिसम्म भन्थे । सभापतिमा रहँदा अर्को चर्चाको विषय हल्लनचोक पामे, घाटिछिना सडक बन्यो । यो सडक निर्माण सुरुवात गरेसँगै आफ्नै पार्र्टीले र अन्य पार्टी नै लागेर रोक्ने प्रयास गरे ।

महादेवले फेवाताल पुर्न लाग्यो भन्ने कुरा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासमक्ष पुर्याउने र गुरुङ्गलाई बाटो रोक्न अनुरोध गर्न गुहारे ।गिरिजा प्रसाद कोइरालाले गुरुङ्गलाई फोन गरेर बाटो निमार्ण कार्य रोक्न लगाउनुभएको थियो । तर गुरुङ्गले सधै सत्य र जनताको हितमा हुने काम कुनै हालतमा नरोक्ने कुरामा अडिग हुनुभयो ।

आफ्नो कुरा पनि नमान्ने भनेपछि गिरिजा बाबुले जवाफमा गुरुङ्गले जाहेज कुरा मान्ने तर नाजायज कुरा कसैको नसुन्ने भनी उक्त सडक निमार्ण कार्यलाई निरन्तरता दिनुभयो । जनताको साथ र सहयोग लिइ सम्पन्न गर्नुभयो । तत्पक्षात महादेवले कसैको दबाब नमान्ने र जनताको नेताको रुपमा चिनिन थाल्नुभयो ।

वि.सं.२०५६ मा उहाँ कास्की क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सोही समय पर्यटन राज्य मन्त्री पनि हुनुभयो तर त्यो समय माओवादी आन्दोलनले गर्दा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । वि.सं.२०६४ को आम निर्वाचनमा पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले कास्कीको २ नं. क्षेत्रमा उठ्न भन्नुभयो तर गुरुङ्गले फरक मत राखी टिकट लिन अस्विकार गर्नुभयो । वि.सं.२०७० सालमा पार्टीबाट दबाब परेपछि कास्की क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिनुभयो ।

नेपाली काँग्रेसभित्र बढ्दो गुटबन्दी, विपिको विचार र सिद्धान्तको बारेमा सचेत गुरुङ्ग सधै पार्टीमा फरक मत राख्ने गर्नुहुन्थ्यो । गुरुङ्गले अहिले कास्की क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

पार्टीले गठबन्धनका नाममा सिद्धान्तलाई वेवास्था गरेको र काँग्रेसको आफ्नो उम्मदेवार नभएकोले उम्मेदवारी दिएको गुरुङ्गले बताउनुभयो । आफु रुख चिन्ह लिएर चुनावमा जान नपाएपनि आफु काँग्रेसको उम्मेदवार भएको र विपिको सिद्धान्तमा निरन्तर हिडिरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्