काठमाडौं ।।
एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन्। आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । ओली र अधिकारीबीच २८ हजार ५७४ को मतान्तर देखिएको छ ।