सम्झौता भएको १७ महिना बितिसक्दा पनि सुरु हुन सकेन हेमजाको सुईखेत सेरा मोटरवे पुल
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा, २२ मंसिर ।।

पोखरा–२५, हेमजाको सुईखेत सेरा मोटरवे पुल निर्माणका लागि भनि संघिय सरकारबाट बजेट छुट्टाइएको थियो । उक्त बजेट अन्र्तगत सो पुल निर्माण कार्यका लागि २०७८ जेष्ठ २९ गते सडक डिभिजन कार्यालय गण्डकी प्रदेशले काठ्माण्डौंको आरोग्य रायमाझी कन्सट्रक्सन प्रा.लि.सँग सम्झौता गरेको थियो । पुल निर्माण कार्यका लागि सम्झौता भएको १७ महिना पनि बितिसकेको छ तर हालसम्म सो ठाउँमा मोटरवे पुल निर्माण कार्यको काम थालनी समेत हुन सकेको छैन । पुल निर्माण कार्य अगाडी नबढ्ता यसले त्यस ठाउँका स्थानीयबासीहरुलाई भने निराश बनाएको छ । उक्त विषयमा हामीले सम्बन्धीत निकाय अर्थात सडक डिभिजन कार्यालय, गण्डकी प्रदेशका प्रमुख पारशमणि हमाललाई पटक–पटक फोनबाट सम्र्पक गर्ने कोशिस गरेका थियौं तर उनको फोन भने उठेन । यस विषयमा पोखरा–२५ हेम्जाका अध्यक्ष मोतिराज तिमिल्सिनासँग बुझ्दा आफुहरुले सो मोटरवे पुल निर्माणको कार्य थालनीमा ढिला सुस्ती हुँदा धेरैपटक ठेकेदार कम्पनीलाई छिटो काम थालनी गर्नको लागि ताकेता गरेको र सम्र्पकमा ल्याउने प्रयास गरेको जानकारी दिएका छन् । उक्त ठेकेदार कम्पनीलाई धेरैपटक सम्र्पकमा ल्याउन प्रयत्न गरेतापनि सम्र्पकमा नआएको हुँदा केही दिन अगाडी मात्र आफु वडाध्यक्ष भएको नाताले सडक विभागका प्रमुख हमाललाई सम्र्पक गरेको बताएका छन् ।  प्रमुख हमालसंग यस विषयमा सम्र्पक गर्दा उनले ठेकेदारलाई झिकाएको र अबको केही दिनभित्र काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । यस्तै यस विषयमा सोही वडाका वडा सदस्य सुवास भण्डारीसंग भएको कुराकानीमा उनले आफु एउटा जनप्रतिनिधि मात्र नभएर उक्त पुल निर्माण समितिको पूर्व सचिव समेत भएको हुनाले यस निर्माण कार्यको सवालमा बढी चासो भएको प्रतिक्रिया दिएका छन् । उनले आफुहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आईसकेपछि यस विषयमा निर्माण कम्पनीसंग छलफल भएको र छलफलको क्रममा सो कम्पनीले तुरुन्त काम सुरु गछौं भनेर प्रतिबद्धता व्यक्त गरेको भएतापनि हालसम्म पुल निर्माण स्थलमा नर्फकिएको बताएका छन् । यसरी ठेकेदार कम्पनी नै सम्र्पक विहीन भएपछि उनले वडाअध्यक्ष तिमिल्सिना र उपभोक्तासमितिका अध्यक्ष दिपक थापालाई यसरी हुँदैन बरु के कारणले काम अगाडी बढ्न नसकेको हो यसको लागि ठेकेदार कम्पनीलाई सहजीकरणको लागि झिकाएर सडक विभागसँगै सवन्मय गर्दै निर्माण कार्यलाई थालनी गर्नुपर्छ भनेर प्रष्टाएको पनि जानकारी दिएका छन् । सोही विषयलाई लिएर उनी स्वयम र भर्खर निर्वाचित प्रदेश सांसद गणेश बहादुर गुरुङ्ग दुवै जनाले सडक डिभिजन प्रमुुखलाई भेटेर तुरुन्तै निर्माण कम्पनीका इन्जिनियरसँग सम्र्पक भएको बताएका छन् ।      सो निर्माण कम्पनीका इन्जिनियरले अबको केही दिनभित्र मोटरवे पुल निर्माणको काम सुचारु हुने प्रतिबद्धता दिएको र त्यो प्रतिबद्धतालाई आफुहरुले कार्यानव्यन गर्ने बताएको पनि जनाएका छन् । वडा सदस्य भण्डारीले आफुहरुको वडाभित्र परेका जतिपनि संघिय, प्रदेश, महानगर र वडाका आयोजनाहरु छन् ती सबै आयोजनाहरुलाई समयमा नै सक्नको लागि आफु लगायत आफ्नो वडा कार्यालय हरदम लाग्ने समेत बताएका छन् । दुई लेनको बन्ने उक्त मोटरवे पुल निर्माणका लागि भनि केही समय पहिला निर्माण कम्पनीले निर्माण स्थलमा मिसिन झारेको थियो तर डिपिआरमा थोरै तलमाथी हुन पुगेपछि भने सडक विभागका प्रमुख हमाल र सो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक थापाबीच छलफल भएको थियो ।      छलफलको दौरान अध्यक्ष थापाले डिपिआर गर्दा आफुहरुले देखाएको भन्दा उत्तरतर्फ १५ मिटर पिल्लर सरेकोले सडक कार्यालयलाई त्यसलाई सार्न मिल्छ कि भनि प्रस्ताव राखेको भएपनि सम्बन्धीत निकायबाट गहन अध्ययन गरेर कत्तिपनि सार्न नमिल्ने भने कुरा आएपछि पहिला जे थियो त्यही अनुरुप निर्माण कार्यलाई सुरुवात गर्ने निचोडमा पुगेका थिए । सो निचोड निक्लिएसंगै ठेकेदार कम्पनीले सर्वप्रथम सडक विभागबाट इन्जिनियर आएर नाप्ने काम गर्ने हुँदा काम थालनी गर्न २÷३ दिन अझै समय लाग्ने हुँदा आफुहरुको बुलौदिमा काम भएकोले उक्त काम सम्पन्न गरेर मात्र यहाँ आउँने हुँदा अहिलेलाई इस्काभेटर लिएर जान्छौं भन्ने प्रतिक्रिया दिएको अध्यक्ष थापाले बताए । तर थापाका अनुसार आफुहरुले कुनैपनि हालतमा सामान लान नदिने भन्दा–भन्दैपनि उनीहरुले सामान लिएर गएपछि फर्किएर नआएको बताए । आफुले पटक–पटक ठेकेदार कम्पनीसंग सम्र्पक गर्दा २०७८ मा टेन्डर हालेको अहिले रडको भाउ बढेको र यो विषय तपाईहरुको मात्र नभएर देशव्यापी रुपमा ठेकेदार एशोसियशनको हर्डताल चलिरहेको प्रक्रिया दिएको जनाए । यसलगतै आफुहरु सडक कार्यालयमा गएर सो विषयमा आवाज उठाईरहेको पनि बताएका छन् । उनका अनुसार सबैभन्दा गल्ती भनेको काम नै नगर्ने निर्माण कम्पनीलाई यसरी ठेक्का दिनु नै अहिलेको समस्यको मुख्य कारक भएको बताए । उनले आफुहरुबाट कुनै पनि किसिमको समस्या नभएको सबैभन्दा ठूलो दोषी भनेको नै ठेकेदार कम्पनी भएको बताउँदै यदि निर्माण कम्पनीले राम्रोसंग काम गर्न आएको खण्डमा आफुहरुले सहजीकरण गर्ने तर यसलाई निरन्तरता दिने काम भनेको सरकारी निकायको भएको र सम्बन्धीत निकायबाट समस्या पैदा हुन नदिन के–कस्ता कुरामा समस्या उत्पन्न भैरहेको छ त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । उनले आफु उपभोक्ता समितिको अध्यक्षको नाताले यस पुल निर्माण कार्यको काममा पूर्ण रुपमा सहजीकरण र सहयोग गर्ने कुरामा प्रतिबद्ध भएको समेत जनाएका छन् । यस सुईखेत सेरा मोटरवे पुल निर्माण कार्यको लागि संघिय बजेटबाट ६ करोड २० लाख छुट्टाईएको थियो भने समय अवधि २०८० कात्तिक ३० गते सकिने छे । यस निर्माण कार्यको लागि भएको सम्झौता १७ महिना पुगिसक्दा समेत पुल निर्माण सुरुवात समेत हुन सकेको छैन । त्यस्तै यस निर्माण कार्यको लागि ठेक्का पाएको आरोग्य रायमाझी कन्सट्रक्सन कम्पनीले काम सुरु हुनु पूर्व नै २९ लाख रुपैँया बुझिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्