पोखरा, २६ मंसिर ।।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा १८ को जनजागृत मा.बि ,पोखरा १७ को पार्दी मा. बि र पोखरा २० को जनचेतना आधारभुत बिधालयका ७८ जना बिधार्थीहरु लाई शैक्षिक सामाग्री पोसाक तथा न्यानो कपडा बितरण गरीएको छ । संस्थाको स्थापना देखि नियमित आर्थिक कारोबार ,सराङकोट रेडियो प्रसारण सहित रचनात्मक सामाजिक कार्यक्रम ,स्वास्थ्य सचेतना रत्तदान गदै आएको र संस्थाको हाल कारोबार ७० करोड रहेको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी , पार्दी मा.बि का प्राचार्य बाम देब पौडेल, जनचेतनाका प्राचार्य गुरु प्रसाद बास्तोला , संस्थाका सचिव कुल प्रशाद सुवेदी , कोषाध्यक्ष राममणि पौडेल , सह सचिव माया कुमारी शर्मा , ब्यवस्थापक सुरेन्द्र थापा , कर्जा अधिकृत सरिता पौडेल , कार्यलय सायक ईश्वरी श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।
यस बर्ष त्रिदिवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सचेतना ,रत्तदान , बिधालय कार्यक्रम र २७ गते बृद्धाहरुलाई सहयोग सहित समापन कार्यक्रम रहेको ब्यवस्थापक थापाले बताए ।