सरिता गुरुङ्ग
पोखरा ।
साइकल सिटी पोखराको आयोजनामा छैटौं संस्करणको “टुर दी पोखरा” हुने भएको छ । “थोपा थोपा ईन्धन बचाऊ” भन्ने नाराका साथ यही पौष ६ गतेदेखि पोखरामा उक्त कार्यक्रम आयोजना हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
समस्या र सोचको समाधान गर्न तथा साइकलको महत्व बुझाउन साइकल सिटि पोखराले सन् २०१५ मा “स्वस्थ मुटु सबैका लागी, जहिले पनि जहाँ पनि” भन्ने नाराका साथ पहिलो संस्करणको रुपमा टुर दी पोखराको शुभारम्भ गरेको थियो ।
पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेसँगै दोश्रो संस्करणको रुपमा सन् २०१६ मा पावर योर लाईफ, २०१७ मा स्वास्थ्य, वातावरण तथा पर्यटनका लागी साइकल, २०१८ मा बोसो पगाल, इन्धन नबाल, २०१९ मा बर्न प्याट नट फियूल भन्ने नाराका साथ पाँचौ संस्करणसम्म टुर दी पोखरा सम्पन्न गरिसकेको छ ।
सन् २०२० र २०२१ भने कोभिडका कारण यस कार्यक्रम रोकिन पुगेको थियो । तर पछिल्लो समय कोभिडको संक्रमण घटेसँगै र जनजीवन सामान्य भएसँगै साइकल सिटी पोखराले पून आफ्नो यस कार्यक्रमलाई निरन्तरता दिन लागेको साइकल सिटि पोखराका संयोजक राजन गोङ्गजुले जानकारी दिएका छन् ।
उनका अनुसार यस टुर दी पोखरा कार्यक्रम अन्तर्गत पहिलो दिन पौष ६ गते पोखरा महानगरपालिकासँगको सहकार्यमा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने बताएका छन् । यस प्रतियोगितामा महिला, पुरुष र मास्टर्र (४० वर्ष माथी) को गरेर तीन विधामा पतिष्पर्धा हुने जनाएका छन् ।
यी तीन वटै विधामध्ये महिला र पुरुष विधामा प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुनेले १० हजार प्राप्त गर्ने भएका छन् भने मास्टर्स अन्तर्गत प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार प्राप्त गर्ने भएका छन् ।यस्तै यस “टुर दी पोखरा” कार्यक्रम अन्तर्गत पौष ७ गते बाग्लुङकालीका मन्दिरदेखि बिन्ध्यबासिनी मन्दिरसम्म “टेम्पल टु टेम्पल साइकल ¥याली” हुने भएको छ ।
त्यस्तै यसै कार्यक्रम अन्तर्गत अन्तिम दिन पौष ९ गते बहत साइकल ¥याली आयोजना हुने संयोजक गोङ्गजुले जानकारी दिएका छन् ।
पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रबाट शुरु हुने यस बृहत ¥याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बिन्ध्यबासिनी, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरो कि.मि., सभागृहचोक, विपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी मन्दिर, भद्रकाली स्कुल, मियाँपाटन, ३२ केभी, अमरसिंह, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै पून प्रदर्शनी केन्द्रमा आएर समापन हुने समेत उनले बताएका छन् । यस साइल ¥यालीमा १ हजार ५ सय जनाको सहभागिता रहने समेत आयोजकले जनाएको छ ।