काठ्माण्डौं ।
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले विरोध जनाएपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज आइतवार एक घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर दलहरूले सरकारले माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएपछि अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।
आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि पेस भएको बजेटमाथि आजदेखि संसद् बैठकमा छलफल हुने तालिका थियो तर दलहरूको बैठकले बजेट छलफल प्रभावित भएको छ ।