स्वर्णकार कल्याण समितिको आठौँ अधिवेशन सम्पन्न अध्यक्षमा विष्णु बहादुर सुनार चयन
  • प्रमुख खबर

पोखरा ।।

स्वर्णकार कल्याण समिति कास्कीको अध्यक्षतमा विष्णु बहादुर सुनार चयन भएका छन् । २० औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशनबाट सुनारको नेतृत्वमा २४ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा शुसिल लोहनी,राजेन्द्र सुयाल, महासचिवमा दिपक विश्वकर्मा, सचिव हरि शंकर, सहसचिवमा शंकर सुनार, कोषाध्यक्षमा प्रकाश श्रीयाल, सह-कोषाध्यक्षमा रोशन सुनार रहेका छन् ।

यस्तै सदस्यमा १६ जना चयन भएको निर्वाचन समितिका सदस्य भीम बहादुर विश्वकर्माले जानकारी दिए । समितिको वार्षिकोत्सवको कार्यक्रम गएको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले उद्घाटन गरेका थिए ।

सो अबसरमा समितिलाई विभिन्न स्थानबाट योगदान पुर्याउने पुर्ब अध्यक्षहरु तथा २०७९ को एसईई उतिर्ण भएका सदस्यका छोराछोरी लाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्