साउन १० देखि अवराेध प्रतिनिधिसभाकाे बैठक अाजबाट सञ्चालनमा
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

प्रतिनिधिसभाकाे बैठक झन्डै एक महिनापछि सञ्चालनमा आएकाे छ ।

नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएकाे सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै साउन १० गतेदेखि संसदमा अवराेध गर्दै आएकाे थियाे ।

संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज सहमति भएपछि सदन सञ्चालनमा आएकाे हाे ।

आज भएको सहमति अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ ।

तर अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्