काठ्माण्डाैं ।।
माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियान अाजदेखि सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाज विहान भर्चुअल रुपमा देशभरका ६ हजार सात ४३ वडामा एक साथ ‘जनतासँग माओवादी’ : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका छन् ।
त्यस्तै, पार्टी अध्यक्ष प्रचण्डले दिउँसो १ बजे काठमाण्डौंको चन्द्रागिरि नगरपालिका-२ को भट्टेडाँडा पुगेर अभियान शुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।
यो अभियान अन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडा-वडामा पुग्ने कार्यक्रम तय भएको छ । माओवादीका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।
यस अभियान अन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने तयारी छ ।