संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्योष्टि विहीबार राजकीय सम्मानका हुने
  • प्रमुख खबर

काठ्माण्डौं ।।

गएराति निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्योष्टि विहीबार हुने भएको छ । नेम्वाङका छोरा बुधबार अपरान्ह मात्र नेपाल आइपुग्ने भएकाले उनको पार्थिव शरीरको अन्त्योष्टि विहीबार गरिने भएको हो ।

एमालेका उप–महासचिव समेत रहेका नेता प्रदिप ज्ञावलीका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि उनको निवासमा लगिने जानकारी दिएका छन् ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ ।आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ भने सरकारले सो दिन विदा दिने निर्णय गरेको छ ।

त्यस्तै नेकपा एमालेको आज बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्