मंगलबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित
  • प्रमुख खबर

काठ्माण्डौं ।।

मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित भएको छ । संविधानसभा अध्यक्ष एंव एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गएराति हृदयघातका कारण उपचारको क्रममा अप्रत्यासिक रुपमा निधन भएका कारण मंगलबार बस्ने भनिएको बैठक स्थतगित भई बुधबारको लागि तय भएको हो ।

संघीय संसद् सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ । सो बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्