एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई घर लगियाे
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

मङ्गलवार बिहान हृदयघातका कारणले निधन भएका संविधानसभाका अध्यक्ष एंव नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

विदेशमा रहेका छाेराहरु अाज नेपाल आइपुगेसँगै ललितपुरको च्यासलमा रहेकाे एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनकाे पार्थिव शरीरलाई घर लगिएको हाे ।

उनकाे निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्