संविधानसभा अध्यक्ष एंव एमाले उपाध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

हृदयघातका कारण अप्रत्याशित रुपमा निधन भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनकाे पार्थिव शरीरमा पशुपति आर्यघाटमा दुई छाेराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । नेम्वाङकाे गत मंगलबार निधन भएको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्