पोखरा ।।
नेपालीहरूको महान पर्व बडा दशै नजिकिदै गर्दा पोखरामा यति बेला मानिसहरू आफ्नो गाउँ घर तिर फर्कदै गरेको लर्को बाक्लै देखिन्छ । भने पोखराको बजार यति बेला निकै व्यस्त छ । किनमेल गर्ने क्रम उतिकै बढेकाले बजारमा मानिसको खचाखच अटाई नसक्नु छ ।
पोखरामा दशैका लागि मनाङ, मुस्ताङ, रोल्पा र डोल्पाबाट भेडा च्याङ्गरा भित्रिएका छन् । पोखरेलीलाई भेडा च्याङ्गरा भित्रिय पछि छुट्टै रोनक छाउने यहाँका स्थानिय बासिन्दा सुमन पौडेल बताउँनु हुन्छ । उहाँ भन्नु हुन्छ दशैमा पोखराका अधिकांस मानिसले भेडा च्याङ्गराको मासु खाने गरेको पाईन्छ ।
कोरोना पश्च्यात देशको अर्थतन्त्रमा ह्रास आए संगै
हरेक खाध बस्तुको बजार मूल्य भाऊ उकालो लाग्दो छ । त्यसरी नै दशैका लागी पोखरा भित्रीएका च्याङ्गरा पोहोर भन्दा अहिले महङ्गो पर्ने भएको पोखराका च्याङ्गरा बिक्रेता प्रभात साही थापा बताउँनु हुन्छ । विशेष गरी पोखरामा अन्य जिल्ला भन्दा दशैको बेलामा भेडा च्याङ्गराको मासु बढी मात्रामा किनमेल हुँदै आएको छ । दशैको बेलामा पोखराका अधिकांश मानिसहरूले भेडा च्याङ्गरा नै किन्ने गर्छन् ।
थापा भन्नुहुन्छ च्याङ्गरा ल्याउन निकै गार्हो छ गाडीमा ल्याउदा मर्ने सम्भावना बढी हुने र हिडेर ल्याउदा ५,६ दिन लाग्ने गर्छ । बाटोमा ल्याउदा घाम पानी नभनी ल्याउनु पर्छ । कति त हराउँछ पनि अहिले हामीले उप्ललो मुस्ताङमा खरीद गर्दानै पोहोर भन्दा महङ्गो पर्यो । अहिले रोजुवा च्याङ्गराको मूल्य ४७००० – ५०००० पर्ने गरेको उहाँ बताउँनु हुन्छ ।