भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो
  • प्रमुख खबर

काठमाण्डाै ।।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३२ जना पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन् ।

भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्