पृथ्वीजयन्तीको दिन सरकारद्धारा देशैभर सार्वजनिक विदा दिने निर्णय
  • प्रमुख खबर

काठ्माण्डौं ।

पृथ्वीजयन्तीका दिन सरकारले सार्वजनिक विदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौष २७ गते पृथ्वीजयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो । राप्रपाले गरेको उक्त प्रस्तावमा अन्य दलहरुले पनि सहमति जनाएपछि सो दिन विदा हुने भएको हो ।

त्यस्तै यस निर्णयसँगै मन्त्रिपरिषद्को बैठकले साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ । एमाले उपाध्यक्ष एवं उप–प्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन सार्वजनिक विदा दिने प्रस्ताव थियो तर उक्त साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा सो विषय भने समेटिएको थिएन ।

तपाईको प्रतिक्रिया दिनुहोस्