काठ्माण्डौं
नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले निगमका पाइलटहरु उद्धभ घिमिरे, नर बहादुर विश्वकर्मा र राजेश कुशवाहलाई कारबाहीको लागि निर्देशन दिएको हो ।
नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा उनीहरुले एटीसीको इन्स्ट्रक्सन नमानेपछि निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निगमलाई एटीसीको इन्स्ट्रक्सन नमान्ने तीन पाइलटहरुलाई तत्काल निलम्बन गर्न निर्देशन दिएको जानकारी दिएका छन् ।