फाल्गुन २५ मा राष्ट्रपति र चैत्र ३ मा उप–राष्ट्रपतिको निर्वाचन हुने घोषणा
  • प्रमुख खबर

काठ्माण्डौं ।

निर्वाचन आयोगले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते र उप–राष्ट्रपतिको निर्वाचन चैत्र ३ गते गर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको निर्वाचन भएलगतै उप–राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुने जानकारी दिएका छन् ।

राष्ट्रपति र उप–राष्ट्रपति दुवै पदको लागि निर्वाचन आयोगले ७ वटै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरेतापनि तत्काल त्यो सम्भव नदेखिएको भन्दै प्रवक्ता पौडेलले काठ्माण्डौंमा नै मतदान हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्