प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेद्धारा रवि लामिछानेको सांसद पद रिक्त भएको सदनलाई जानकारी
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएको पत्र अनुसार लामिछनेको सांसद पद रिक्त भएको सदनलाई जानकारी गराएका हुन् ।

उनले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त भएको जानकारी प्रतिनिधि सभालाई गराएका हुन् ।उक्त बैठकमा घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र समेत पढेर सुनाएका छन् ।

लामिछाने गत चुनावमा चितवन–२ बाट निर्वाचित भएका थिए । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उनको सांसद पद खारेज हुने फैसला सर्वोच्चले गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्