काठमाण्डौं ।
निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेलले रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा खारेजीको माग गर्दै आयोगमा निवदेन दिएका हुन् ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको र सर्वोच्च अदालतले अवैध ठहर गरेको नागरिकता प्रयोग गरेर खोलेको पार्टी खारेज गर्नुपर्ने निवेदकको दाबी रहेको छ ।
त्यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठ्माण्डौंमा पनि अमेरिकाको नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको मुद्दामा उनलाई कारबाही गर्न माग गर्दै निवेदन दिएको भएतपानि दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए ।