सांसद चौधरीको रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्धारा २४ घण्टे अल्टिमेटम
  • प्रमुख खबर

काठ्माण्डौं ।

सांसद अरुण कुमार चौधरीको रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले २४ घण्टे अल्टिमेटम दिएको छ । फौजदारी अभियोगमा दोषी ठहर भएका आफ्ना सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले विज्ञप्ति जारी गर्दै रिहाईको लागि २४ घण्टे अल्टिमेटम दिएको हो ।

१० वर्षसम्म यस विषयमा कारबाही नभएको तर अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सांसद चौधरीलाई २४ घण्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी पनि दिएको छ ।

आज दिउँसो प्रहरीले सांसद चौधरीलाई बाँकेबाट पक्राउ गरेको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्