राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो मनोनयन दर्ता हुने
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ । आइतबार दिउँसो १ देखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा मनोनयन दर्ता हुने भएको हो ।

मनोनयन दर्ता सकिने बित्तिकै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएसँगै उपाध्यक्ष पद खाली रहेको थियो ।े राष्ट्रियसभाका सदस्यहरुको कार्यकालका लागि २०७५ अषाढ ४ गते भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्