प्रधानमन्त्री प्रचण्डलाई रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले बुझाए राजीनामा
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उनीहरुले राजीनामा बुझाएका हुन् ।

 

राजीनामा बुझाउने मन्त्रीहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्